कर्णाली


मुगुबाट कांग्रेसका शाही विजयी, जोगाए विरासत

मुगुबाट कांग्रेसका शाही विजयी, जोगाए विरासत

दिनेश बुढा
फागुन २४, २०८२ आइतबार १४:१६, सुर्खेत

मुगुबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका खड्क शाही निर्वाचित भएका छन्। निर्वाचन अयोगका अनुसार सम्पन्न मतगणनामा शाही ७ हजार ९१४ मत ल्याउँदै निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका पूर्णबहादुर रोकायाले ६ हजार ७१८ मत प्राप्त गरे। 

नेकपाका उम्मेदवार चन्द्रबहादुर शाहीले ५ हजार ५५८ मत प्राप्त गरे। मुगुमा रास्वपाले चौथो स्थान प्राप्त गरेको छ। उम्मेदवार भुवन टमटाले ५३० मत पाएका छन् भने नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का रंगवीर परियारले २८०, राष्ट्रिय प्रजातन्त्र पार्टीका बलबहादुर मल्लले २०३ र प्रगतिशील लोकतान्त्रिक पार्टीका ऐटनकुमार मल्लले २२ मत प्राप्त गरेका छन्।

कांग्रेसबाट निर्वाचित शाही पहिलो पटक निर्वाचनमा होमिएका थिए। उनीसँगै पहिलो पटक चुनावमा लडेका एमालेका रोकायालाई पराजित गर्दै शाही सांसद बनेका छन्।  

तेस्रो भएका नेकपाका चन्द्रबहादुर शाहीलाई प्रमुख दाबेदारका रुपमा हेरिएको थियो। उनी २०५६ सालको निर्वाचनमा प्रतिनिधिसभा र २०७४ को निर्वाचनमा प्रदेशसभातर्फ नेकपा एमालेबाट जित निकालेका थिए। प्रदेशसभामा जितेर कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी समेत समालिसकेका चन्द्रबहादुर तेस्रो नम्बरका खुम्चिए। 

विजयी शाही नेपाली कांग्रेस मुगुका पूर्वपार्टी जिल्ला सभापति हुन्। निर्वाचित भइसकेपछि शाहीले जिल्लाको विकास समग्र विकास र जनजीविकाका सवाललाई संसदसम्म पु¥याउन दाबी गरे। 

‘अझै पनि जनताका समस्यालाई संघीय सरकारले बेवास्ता गरिरहेको छ, ती समस्या समाधानका लागि सरकारको ध्यानकर्षण गराउन जरुरी छ,’ उनले भने, ‘सडक, शिक्षा, स्वास्थ्य र रोजगारीलाई पनि मेरो प्राथमिकतामा छ।’ 

गत प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसका जिल्ला सभापति ऐनबहादुर शाही विजयी भएका थिए। यस पटक शाहीले कांग्रेसको पुरानो विरासत जोगाएका हुन्। 

०७९ को निर्वाचनमा भएको लोकतान्त्रि बामगठबन्धनबाट चुनावमा ऐनबहादुर शाही १४ हजार ७ सय ६ मतसहित विजयी बनेका थिए। गठबन्धनबाट उम्मेदवार बनेका शाही एमालेका उम्मेदवार राजबहादुर कार्की ९राजु०लाई पराजित गरेका थिए। कार्कीले १० हजार ७१० मत प्राप्त गरेका थिए। राष्ट्रिय प्रजातन्त्र पार्टीका राजबहादुर मल्लले २९९ मत पाए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad