कर्णाली


दैलेखमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ५ घाइते

दैलेखमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ५ घाइते

नेपालखबर
जेठ १८, २०८३ सोमबार १६:५२, सुर्खेत

दैलेखको भैरवी गाउँपालिका–७ कालिगौडा भित्री सडक खण्डमा बोलेरो जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। सुर्खेतबाट कालीकोटका लागि छुटेको सुप ०१००१ च ४९६४ नम्बरको डबल क्याप बलेरो जिप दुर्घटनामा परेको हो। 

जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार जिप सोमबार दिउँसो करिब १ बजेको समयमा दुर्घटनामा परेको हो। 

दुर्घटनमा परी ३ जनाको मृत्यु भएको छ। 

स्वास्थ्य सेवा कार्यालय दैलेखका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक डाक्टर मनोज विश्वकर्माले दुर्घटनामा घाइते तीन जनाको मृत्यु भएको जानकारी दिए। 

‘घाइते ८ जना मध्ये तीन जनाको मृत्यु भइसकेको छ। मृतकको पोष्टमार्टकका लागि शव अस्पतालमा राखिएको छ’, डाक्टर विश्कर्माले नेपालखबरसँग भने, ‘अन्य पाँच जना उपचाररथ हुनुहुन्छ। ती मध्ये दुइ जना बिरामीलाई आइसूमा राखेर उपचार गर्नुपर्ने भएकाले रेफर गर्दैछौँ।’

प्रहरीका अनुसार मृत्यु हुनेमा कालिकोटको शुभकालिका गाउँपालिका–५ का ३६ वर्षीय चालक कलबहादुर रोकाय, सोही गाउँपालिका–४ का ३९ वर्षीय मित्र सुनार र वडा नम्बर ६ की ६० वर्षीया पुल्तिसरा विक छन्।

यस्तै, घाइते हुनेहरुमा शुभकालिका गाउँपालिका–४ का ३८ वर्षीय चक्र सुनार र ४७ वर्षीय नैने सुनार शुभकालिका–६ का २० वर्षीय भरत विक, कलम सुनार र सुमत विक रहेका छन्। 

एक्कासी ब्रेक फेल भएर जिप सडकदेखि अन्दाजी ३ सयदेखि ४ सय मिटर तल खसेको प्रहरीको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad