सरकारले कर्णाली प्रदेशको दुर्गम स्थानहरुमा एयर एम्बुलेन्स सेवा सञ्चालन गर्ने भएको छ।
अर्थमन्त्री डा स्वर्णिम वाग्लेले शुक्रबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको बजेटमा उक्त कुरा उल्लेख गरिएको हो।
बजेटमा नर्सिङ कर्मचारीको रात्री ड्युटी भत्ता दोब्बर बनाउने व्यवस्था पनि गरिएको छ। अर्थमन्त्री वाग्लेले महिला स्वास्थ्य स्वयमसेविकालाई प्रदान गर्दै आएका यातायात खर्चमा ५० प्रतिशतले वृद्धि गरेको पनि बताए।
उनले भने,‘कर्णाली प्रदेशको दुर्गम स्थानहरुमा एयर एम्बुलेन्स सेवा सुरु गर्नेछौँ। नर्सिङ कर्मचारीको रात्री डयुटी भत्ता दोब्बर गरेको छु। महिला स्वास्थ्य स्वयमसेविकालाई प्रदान गर्दै आएका यातायात खर्चमा ५० प्रतिशतले वृद्धि गरेको छु।’
अर्थमन्त्री वाग्लेले गरिव नागरिकको स्वास्थ्य उपचारमा गम्भिर भएर लाग्ने पनि बताए।
Shares

प्रतिक्रिया