कर्णाली


कर्णालीका १० मध्ये ७ जिल्लामा प्रतिनिधि छनौट, सात पटकसम्म मत हालेको प्रदेश सांसदको आरोप

कर्णाली प्रदेशसभा सदस्य तुलसा मल्ल पराजित
कर्णालीका १० मध्ये ७ जिल्लामा प्रतिनिधि छनौट, सात पटकसम्म मत हालेको प्रदेश सांसदको आरोप

दिनेश बुढा
मंसिर १४, २०८२ आइतबार १५:०, सुर्खेत

नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि छनौटको काम जारी रहेको छ। कर्णाली प्रदेशका १० जिल्ला मध्ये हुम्ला, मुगु, दैलेख बाहेक अन्य सबै जिल्लामा प्रतिनिधि चयन भइसकेका छन्। 

४७ हजार बढी पार्टी संगठित सदस्य रहेको कर्णाली प्रदेशमा ११५ जना प्रतिनिधि चयन हुने एमाले कर्णाली प्रदेश कमिटिले जनाएको छ।

प्रदेश कमिटीका उपाध्यक्ष टेकराज पछाईंले शनिबार साँझसम्म कर्णाली प्रदेशका ३ जिल्ला बाहेक ७ वटा जिल्ला महाधिवेशनका लागि प्रतिनिधिहरूको टुंगो लागिसकेको नेपालखबरलाई जानकारी दिए। उनका अनुसार अब हुम्ला, मुगु र दैलेख जिल्लामा प्रतिनिधि चयन हुन बाँकी छ। हुम्ला जिल्ला एमाले स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज गोरखबहादुर बोगटीको गृह जिल्ला हो। 

यस्तै, मुगुमा प्रतिनिधि जाने नेताहरुबीच हमति नहुँदा ढिलाई भइरहेको छ भने दैलेख जिल्लामा एमालेका नेताहरु धेरै भएका कारण प्रतिनिधि चयनमा ढिलाई भइरहेको नेताहरूको भनाइ छ। 
मुगु एमाले पोलिटब्यूरो सदस्य मोहन बानियाँको गृह जिल्ला हो भने दैलेखमा एक पोलिटब्यूरो सदस्य र ५ जना केन्द्रीय सदस्य रहेका छन्। 

रुकुमपश्चिमा चुनाव
अन्य जिल्लामा सर्वसम्मत महाधिवेशन प्रतिनिधि चयन गरेपनि रुकुमपश्चिममा निर्वाचन भएको छ। दुई हजार ५४ जना संगठित सदस्य रहेको रुकुमपश्चिममा निर्वाचनबाट प्रतिनिधिको टुंगो लगाइएको छ।

खुल्लातर्फ जिल्ला कमिटी अध्यक्ष नन्दाराम देवकोट र दिनेश चन्द, महिला हिमकुमारी केसी र कौशिला केसी, युवा (४० वर्षमुनी) प्रकाश खड्का र दलितमा शशिराम परियार निर्वाचित भएका छन्। 
यस्तै, महिलामा प्रतिनिधिका लागि चुनाव लडेकी कर्णाली प्रदेशसभा सदस्य तुलसा मल्ल भने पराजित भएकी छन्। प्रतिनिधिमा निर्वाचित भएकी कौशिलाले २०४ र हिमकुमारीले २०३ मत ल्याउँदा मल्लले १११ मत मात्रै प्राप्त गरिन्। 

शनिबार भएको एमाले रुकुमपश्चिममा प्रतिनिधि छनौटको निर्वाचनलाई लिएर सांसद मल्लले असन्तुष्टि जनाएकी छन्। उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकि छन्, ‘हाम्रो पार्टीको राष्ट्रिय महाधिवेशन प्रतिनिधि छनौट पार्टीको आन्तरिक निर्वाचनमा बाफिकोट गाउँपालिका, मुसिकोट नगरपालिका र चौरजहारीका नगरपालिका केही कमरेडहरूले कसैले ५ पटक, कसैले ७ पटक, कसैले २/४ पटक उपस्थित नभएका ब्यक्तिहरूको मत हाल्नु भयो।’

उनले यसरी मत हालेर जित्ने कुरा अगामी निर्वाचनमा पनि देखाउन चुनौती दिएकी छन्। उनले अगाडि लेखेकी छन्, ‘यो कला, सिप अव आउने २०८४ को स्थानीय वडा, पालिका, संघ र प्रदेशका आफ्ना नेकपा एमालेका उम्मेदवारलाई विजय बनाउन प्रयोग गर्नुहोला र प्रयोग गरेर विजय प्राप्त गर्नुहुनेछ। भन्ने हिजोको तपाईंहरुका कला देखेर म विश्वस्त छु।’

यस्तै, रुकुमपश्चिमा निर्वाचनबाट छनौट भएका नेताहरू र एमाले अध्यक्ष केपी शर्मा ओली निकटका रहेका छन्।
 
जाजरकोटबाट ११ प्रतिनिधि छनौट
यस्तै, ११औं राष्ट्रिय महाधिवेशनका जाजरकोट जिल्लाबाट एमालेले १२ जना प्रतिनिधिको टुंगो लगाएको छ। शनिबार जिल्ला कमिटी जाजरकोटले १२ प्रतिनिधिको नाम सर्वसम्मत रुपमा टुंगाएको हो। खुल्लामा लालबहादुर महतारा, करवीर शाही, नरेन्द्र शाही, नारायण घर्ती र प्रेमबहादुर सिंह छन्।

महिला प्रतिनिधिमा तारा शाक्य, कुमारी थापा र सुनिता बोहरा, दलिततर्फ गोपाल नेपाली, नवेन्द्र नेपाली, कौशिला कामी र युवातर्फ विश्वविक्रम शाह सर्वसम्मत चयन भएका छन्। एमाले जाजरकोटका अनुसार छनौट भएका सबै प्रतिनिधिहरू संथापन पक्षका हुन्।

कालीकोटबाट ८ प्रतिनिधि चयन 
यस्तै, एमाले कालीकोट जिल्ला कमिटीले ८ जना नेताको नाम प्रतिनिधिका लागि सर्वसम्मत रुपमा चयन गरेको छ। खुल्लामा तुलाराज मल्ल, कुर्मराज शाही, दयाराम सिम्खाडा र तपेन्द्र शाही, महिलामा सुभद्रा सिंह, जलशा बुढा र दलितमा ब्यासी तिरुवा र युवातर्फ टेक बोगटी (प्रबिन) सर्वसम्मत चयन भएका छन्। 

जिल्ला कमिटी अध्यक्ष समेत रहेका प्रतिनिधि तुलाराज मल्ल पार्टी अध्यक्ष केपी ओली निकट हुन्। उनीसँगै कुर्मराज शाही, दरायाम सिम्खाडा, जलशा बुढा लगायतका नेताहरू ओलीकै पक्षमा छन् भने अन्य प्रतिनिधिहरू खुलेका छैनन्।

डोल्पाबाट छनौट भएका प्रतिनिधि संस्थापन पक्षका 
यस्तै, शनिबार एमाले डोल्पा जिल्ला पार्टी कार्यालयमा विभिन्न पालिकाबाट सिफारिस भएर आएका केन्द्रीय महाधिवेशन प्रतिनिधिहरु सबै संस्थापन पक्षका रहेका छन्। 

डोल्पाबाट कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधारमन्त्री शेरबहादुर बुढा, जिल्ला पार्टी अध्यक्ष लंकबहादुर रोकाया, गोपाल विक, चन्द्राकुमारी बुढा, विश्वचन्द्र डसाल, धावासम्दुक गुरुङ,  जिल्ला पार्टी उपसचिव जुनी बुढा र नन्दसिंह बुढा सर्वसम्मत चयन भएका छन्। 

जिल्ला अध्यक्ष लंकबहादुर रोकायाले प्रतिनिधि छनौटमा कुनै विवाद नभएर सर्वसम्मत रुपमा चयन भएको जानकारी दिए। उनले छनौट भएका प्रतिनिधिहरू सबै संस्थापन पक्षका रहेका दाबी गरे।
  
जुम्लामा पनि सर्वसम्मत प्रतिनिधि चयन 
जुम्लाले ११औँ महाधिवेशनका लागि ६ जना प्रतिनिधिको नाम सर्वसम्मत चयन गरेको छ। 

खुल्लामा जिल्ला अध्यक्ष समेत रहेका शान्तिलाल महत, देविलाल थापा, महिलातर्फ मेनका पछाईं, शान्ता शाही, दलिततर्फ रामबहादुर नेपाली र युवातर्फ धिरज जैशी सर्वसम्मत रुपमा चयन भएका छन्। 

सल्यानबाट ८ प्रतिनिधि चयन
एमालेको महाधिवेशनका लागि सल्यान जिल्लाबाट ८ जना नेताको नाम प्रतिनिधिका लागि चयन गरिएको छ। खुल्लातर्फ चार जना प्रतिनिधि चयन भएका छन्। जसमा भीमबहादुर सेन, ओजबहादुर बुढाथोकी, लालबहादुर रावत र घनश्याम शर्मा सर्वसम्मत चयन भएका छन्। 

महिलामा पुष्पाकुमारी बुढाथोकी र सनसिल्ला वली (डिसी), युवातर्फ गणेशमान सिंह र दलिततर्फ भिउसेन नेपालीको नाम प्रतिनिधिका लागि सर्वसम्मत चयन भएको छ।

सुर्खेत–२ बाट ९ जना प्रतनिधि चयन 
यस्तै, नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशन प्रतिनिधीको लागि सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ बाट ९ जना प्रतिनिधि चयन भएका छन्। खुल्लामा नेकपा एमाले जिल्ला कमिटि अध्यक्ष कुलमणि देवकोटा, उपाध्यक्ष मोहनसिंह वाढुवाल, सचिव डम्मर तिवारी, जिल्ला कमिटि सचिवालय सदस्य पूर्णप्रसाद पौडेल र भीमबहादुर रावत छन्।

महिलातर्फ टिकाकुमारी अधिकारी, टिकाकुमारी घले गुरुङ र निर्मला राना मगर र युवातर्फ प्रेम खड्का प्रतिनिधि चयन भएका छन्

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad