अमेरिकाको क्यालिफोर्नियामा बेपत्ता भएका २२ वर्षीय भारतीय विद्यार्थी मृत फेला परेका छन्।
भारतीय सञ्चारमाध्यमका अनुसार क्यालिफोर्निया विश्वविद्यालयमा स्नातकोत्तर पढिरहेका भारत कर्नाटकका बासिन्दा साकेत श्रीनिवासीको शव भेटिएको हो।
यही फेब्रुअरी ९ देखि बेपत्ता उनको खोजी भइरहेको थियो।
सान फ्रान्सिस्कोस्थित भारतीय दूतावासले उनी मृत फेला परेको जानकारी दिएको हो।
भारतीय दूतावासले आफ्नो एक्स अकाउन्टमा लेखेको छ, ‘तपाईंलाई ठुलो दुःखका साथ जानकारी गराउन चाहन्छौँ- स्थानीय प्रहरीले बेपत्ता भारतीय विद्यार्थी साकेत श्रीनिवासैयाको शव फेला परेको पुष्टि गरेको छ। हामी यो अत्यन्तै पीडादायी क्षणमा उनको परिवार र प्रियजनहरूप्रति गहिरो समवेदना व्यक्त गर्दछौँ। दूतावास परिवारलाई आवश्यक सबै सहयोग गर्न तयार छ, स्थानीय अधिकारीसँग समन्वय गरी शव सकेसम्म चाँडो भारत फिर्ता पठाउने व्यवस्था गर्नेछौँ।’
Shares

प्रतिक्रिया