भारतीय राज्य केरलामा भारतीय राष्ट्रिय कंग्रेसका नेता वीडी सतीसन (६१) मुख्यमन्त्री बन्ने भएका छन्।
विधानसभा चुनावको नतिजा घोषणा भएको १० दिनपछि कंग्रेसले बिहीबार मुख्यमन्त्रीको नाम घोषणा गरेको हो।
सतीसन परभुर क्षेत्रबाट निर्वाचित विधायक हुन्।
कंग्रेस नेता दीपा दासमुन्सीले पत्रकार सम्मेलनमा बताएअनुसार मे ७ मा तिरुवनन्तपुरममा कंग्रेसको बैठक बसेको थियो। त्यस क्रममा पार्टी अध्यक्ष मल्लिकार्जुन खड्गे र लोकसभामा विपक्षी दलका नेता राहुल गान्धीसँगको छलफलपछि वीडी सतीसन केरलाको मुख्यमन्त्री हुने निर्णय भएको थियो।
नाम घोषणापछि सतीसनले भने, ‘म यो पदलाई व्यक्तिगत उपलब्धि होइन, देउवाताको कृपा मान्छु। म वेणुगोपाल र रमेश चेन्नीथलालगायत सबै नेतालाई विश्वासमा लिनेछु।’
यसअघि केरलाको मुख्यमन्त्री पदका लागि सतीसनसहित केसी वेणुगोपाल र रमेश चेन्नीथलाको नाममा छलफल भइरहेको थियो। अन्ततः सतीसनको नाम अन्तिम रूप दिइएको थियो।
Shares

प्रतिक्रिया