समाज


राशिफल १ जेठ : वृषको आफन्तसँग भेटघाट, मीनको यात्रा सफल हुने, तपाईँको दिन कस्तो?

राशिफल १ जेठ : वृषको आफन्तसँग भेटघाट, मीनको यात्रा सफल हुने, तपाईँको दिन कस्तो?

ज्यो. मेनुका दाहाल
जेठ १, २०८३ शुक्रबार ४:३९, काठमाडौँ

आज शुक्रबार, १ जेठ २०८३ (१५ मे २०२६)। हेर्नुस् आजको राशिफल-

मेष: शुभकार्यको चर्चा चल्नेछ। सामाजिक र धार्मिक कार्यबाट सन्तोष मिल्नेछ। बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कार्य सम्पादन हुन सक्छ। व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुनेछ। स्वास्थ्यमा सुधार आउला।

भाग्यशाली रङ पर्पल र अंक ७ रहेको छ। प्रेम र सम्बन्धमा ५७, व्यापारमा ६५, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५१ र शिक्षामा ४९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५७, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले वृक्षरोपण गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

वृष: स्वास्थ्य प्रतिकूल रहन सक्छ, अतः सजग रहनु उचित हुने देखिन्छ। ताकेअनुरूप काम नबन्नाले दिक्क लाग्नेछ। यात्रा कष्टकर हुनस क्छ सचेत रहनु पर्छ। साँझमा आफन्तसँग भेटघाट हुनेछ र नयाँ योजना बन्नेछ।

भाग्यशाली रङ रातो र अंक २ रहेको छ। प्रेम र सम्बन्धमा ६०, व्यापारमा ४७, सेयर बजारमा ३४, वैदेशिक कार्यमा ४८ र शिक्षामा ३५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४२, यात्राको योग ३९ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान्‌ शंकरजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।

मिथुन: रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ। कला र गलाको प्रभाव बढ्नेछ। आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्न सक्छ। मनोरञ्जनमा सहभागी भइएला। कतै भ्रमणको योजना बन्नेछ। सेयर बजारको लगानी त्यति भरपर्दो रहन्न।

भाग्यशाली रङ निलो र अंक ९ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६८, सेयर बजारमा ४४, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले निमुखा प्राणीलाई खानेकुरा दिने। छलकपट नगर्ने।

कर्कट: प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। महिला वा मित्रबाट विशेष सहयोग पाइनेछ। आयआर्जन बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ। कार्य सम्पादनमा सहजता मिल्नेछ।

भाग्यशाली रङ खैरो र अंक ४ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६९, सेयर बजारमा ५८, वैदेशिक कार्यमा ७१ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा दही खाने। सेतो रङको प्रयोग नगर्ने।

सिंह: लगनशीलताले कामहरू अगाडि बढ्नेछन्। इच्छा-आकाङ्क्षा पूर्ण हुने छन्। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। ठिक समयमा सही निर्णय लिन सकिनेछ र आम्दानी बढ्नेछ। व्यवसायका लागि यात्रा सम्भावना छ।

भाग्यशाली रङ गुलाबी र अंक ७ रहेको छ। प्रेम र सम्बन्धमा ६४, व्यापारमा ७८, सेयर बजारमा ५७, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले प्यासीलाई पानी दिने। खैरो रङको प्रयोग नगर्ने।

कन्या: समय र नियमलाई बेवास्ता गर्दा चुनौती आइलाग्नेछन्। समस्या समाधानका लागि चालिएका कदम निरर्थक नहोलान्। यात्रामा सावधानी अपनाउनु पर्नेछ। स्वास्थ्य मापदण्ड अपनाउनु पर्छ। साँझमा धनलाभ हुनेछ।

भाग्यशाली रङ हरियो र अंक १ रहेको छ। प्रेम र सम्बन्धमा ३९, व्यापारमा ३८, सेयर बजारमा ४३, वैदेशिक कार्यमा ७७ र शिक्षामा ५२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६६, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ३७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीको दर्शन गर्ने। झुट नबोल्ने।

तुला: ठिक समयमा सही निर्णय लिन सकिनेछ। सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ। रमणीय र सुखद यात्रा हुनेछ। परिश्रमअनुसार उपलब्धि राम्रै पाइनेछ। नयाँ क्षेत्रमा लगानीको अवसर छ।

भाग्यशाली रङ गुलाबी र अंक ८ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ७९, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५८ र शिक्षामा ५२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ६३ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले पितृ देवताको आशीर्वाद लिने। सजिलै अरूको विश्वास नगर्ने।

वृश्चिक: धनार्जनका नयाँ स्रोत पत्ता लाग्नेछन्। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। आतिथ्यपूर्ण सम्मान पाइएला। सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्दैन जानेछ। वैदेशिक कार्य अघि बढ्नेछ।

भाग्यशाली रङ सेतो र अंक १ रहेको छ। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ६०, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ७२ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। कालो रङको प्रयोग नगर्ने।

धनु: परिवारजनको साथले नयाँ आशा पलाउनेछ। सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ। पुँजी बजारमा लगानी गर्दा सफलताको अवसर जुट्नेछ। नयाँ काममा हात हाल्ने समय छ। मित्रहरूले वचन पूरा नगर्दा हैरानी बेहोर्नु पर्ला।

भाग्यशाली रङ आकाशे र अंक १ रहेको छ। प्रेम र सम्बन्धमा ७३, व्यापारमा ६६, सेयर बजारमा ८१, वैदेशिक कार्यमा ५८ र शिक्षामा ५२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६६, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान्‌ शंकरजीको दर्शन गर्ने। झुट नबोल्ने।

मकर: आँटेको काममा ढिलासुस्ती हुन सक्छ। किनमेल गर्दा विशेष सावधानी अपनाउनुहोला, सामान छुट्ने वा हराउने सम्भावना छ। तीर्थाटनको सम्भावनालाई नकार्न सकिन्न। प्रेमीले नयाँ स्थानको भ्रमण गर्ने प्रस्ताव राख्न सक्छन्।

भाग्यशाली रङ पहेँलो र अंक ९ रहेको छ। प्रेम र सम्बन्धमा ३५, व्यापारमा ४९, सेयर बजारमा ४०, वैदेशिक कार्यमा ३८ र शिक्षामा ४३ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ४० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विद्यार्थीलाई सहयोग गर्ने। सजिलै अरूको विश्वास नगर्ने।

कुम्भ: नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। कुनै न कुनै कुराले मनमा प्रसन्नता छाउनेछ। अतिथिका रूपमा सम्मान पाइनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। वैदेशिक कार्य अघि बढ्नेछ, सफलता मिल्न सक्छ।

भाग्यशाली रङ निलो र अंक १ रहेको छ। प्रेम र सम्बन्धमा ७४, व्यापारमा ५९, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। छलकपट नगर्ने।

मीन: घुमफिरको विशेष अवसर जुर्नेछ। मनपर्ने व्यक्तिको भरपुर साथ र सहयोग पाइनेछ। अचल सम्पत्ति हात पर्ला। कलकारखाना र बन्दव्यापारबाट फाइदा हुनेछ। गरेको कार्यमा सफलता मिल्नेछ।

भाग्यशाली रङ रातो र अंक ९ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६८, सेयर बजारमा ७३, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भोकालाई भोजन दिने। उत्तर दिशा नजाने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad