ग्लोबल


अमेरिकाको २५०औँ स्वतन्त्रता दिवसमा ट्रम्पको सम्बोधन: कम्युनिस्टविरुद्ध कडा प्रहार

अमेरिकाको २५०औँ स्वतन्त्रता दिवसमा ट्रम्पको सम्बोधन: कम्युनिस्टविरुद्ध कडा प्रहार

नेपालखबर
असार २१, २०८३ आइतबार ११:२०, काठमाडौँ

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले देशको २५०औँ स्वतन्त्रता दिवसका अवसरमा राष्ट्रलाई सम्बोधन गर्दै कम्युनिस्टविरुद्ध कडा अभिव्यक्ति दिएका छन्। 

अमेरिकाको राजधानी वासिङ्टन डीसीको नेसनल मलमा आयोजित कार्यक्रममा राष्ट्रपति ट्रम्पले आफूहरू कम्युनिस्ट र साम्यवाद नचाहने बताए। 

उनले भने, ‘हामी हाम्रो देशमा कम्युनिस्टहरू चाहँदैनौँ। कम्युनिजम (साम्यवाद) सधैँ हारेको छ र हारिरहनेछ। यो अमेरिकी व्यवस्थाको बिलकुल विपरीत छ।’

ट्रम्पले कम्युनिस्ट विचारले कहिल्यै अमेरिकाभित्र पाइला राख्न नसकोस् भनेर अमेरिकी सैनिकले विश्वव्यापी रूपमा साम्यवादविरुद्ध लडेको बताए। 

भाषणपछि नेसनल मलमा लगभग ४० मिनेटसम्म रेकर्ड तोड्ने आतिशबाजी प्रदर्शन गरियो। यस अवधिमा ८ लाख ५० हजारभन्दा बढी आतिशबाजी गरिएको थियो।

ह्वाइट हाउसले यसलाई अमेरिकाको इतिहासमै सबैभन्दा ‘ठुलो स्वतन्त्रता दिवस आतिशबाजी प्रदर्शन’ भनेको छ।

१७७६ जुलाई ४ मा उत्तरी अमेरिकाका १३ ब्रिटिस उपनिवेशले स्वतन्त्रताको घोषणासँगै बेलायतबाट अलग हुने निर्णय गरेका थिए।

संयुक्त राज्य अमेरिकाले यस उत्सवलाई ‘अमेरिका २५०’ नाम दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad