ग्लोबल


२५०औँ स्वतन्त्रता दिवस मनाउँदै अमेरिका, राष्ट्रलाई सम्बोधन गर्दै ट्रम्प

२५०औँ स्वतन्त्रता दिवस मनाउँदै अमेरिका, राष्ट्रलाई सम्बोधन गर्दै ट्रम्प

नेपालखबर
असार २१, २०८३ आइतबार ७:५४, काठमाडौँ

अमेरिकाले २५०औँ स्वतन्त्रता दिवस मनाउँदै छ।

यस अवसरमा फिलाडेल्फिया, न्युयोर्क र वासिङ्गटन डीसीसहित अमेरिकाका सबै ५० राज्यमा परेड, ऐतिहासिक कार्यक्रम र संगीत कन्सर्ट आयोजना गरिँदै छन्।

ह्वाइट हाउसका अनुसार राष्ट्रपति डोनाल्ड ट्रम्पले केही समयपछि राष्ट्रलाई सम्बोधन गर्नेछन्।

यसपछि वासिङ्टन डीसीमा इतिहासको सबैभन्दा ठुलो आतिशबाजी गरिनेछ। 

तीव्र गर्मी र खराब मौसमका बाबजुद ठुलो संख्यामा मानिसहरू उत्सवमा उपस्थित भइरहेका छन्।

फिलाडेल्फियामा दिउँसो १२ बजे घण्टी बजाइएको थियो। इन्डिपेन्डेन्स मलमा स्वतन्त्रता संग्रामसँग सम्बन्धित दृश्य प्रस्तुत गरिएको थियो।

१७७६ जुलाई ४ मा उत्तरी अमेरिकाका १३ ब्रिटिस उपनिवेशले स्वतन्त्रताको घोषणासँगै बेलायतबाट अलग हुने निर्णय गरेका थिए।

संयुक्त राज्य अमेरिकाले यस उत्सवलाई ‘अमेरिका २५०’ नाम दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad