ग्लोबल


युक्रेनद्वारा रुसको प्रमुख तेल टर्मिनलमा ‘भीषण हमला’

युक्रेनद्वारा रुसको प्रमुख तेल टर्मिनलमा ‘भीषण हमला’

नेपालखबर
असार २१, २०८३ आइतबार ५:४७, काठमाडौँ

युक्रेनले रुसको उत्तर-पश्चिमस्थित दोस्रो ठुलो सहर सेन्ट पिटर्सबर्गमा रहेको एक प्रमुख तेल टर्मिनलमा हमला गरेको छ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की आफैँले आफ्नो देशले शुक्रबार राति रुसमा आक्रमण गरेको जानकारी दिएका हुन्। 

उनले त्यो तेल टर्मिनल युद्धका लागि रुसले राजस्व संकलन गर्ने महत्त्वपूर्ण पूर्वाधार भएको उल्लेख गरेका छन्। 

साथै त्यस क्षेत्रमा रहेको रुसको एक प्रमुख नौसेना अड्डामा पनि आक्रमण गरिएको दाबी युक्रेनले गरेको छ। 

सेन्ट पिटर्सबर्गका गभर्नर अलेक्ज्यान्डर बेग्लोभले सहरमा ‘भीषण’ ड्रोन आक्रमण भएको बताएका छन्। साथै तेल टर्मिनलमा क्षति भएको पनि स्वीकार गरेका छन्। तर कुनै हताहत नभएको दाबी गरेका छन्। 

युक्रेनले हाल रुसको महत्त्वपूर्ण ऊर्जा पूर्वाधारमा लामो दुरीको ड्रोन आक्रमणलाई तीव्र बनाएको छ, जसले गर्दा इन्धनको चरम अभाव भएको छ।

युक्रेनले दाबी गरेको छ, ‘रुसको तेल प्रशोधन क्षमताको लगभग ४३ प्रतिशत नष्ट भएको छ।’

यसैबिच रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले गत हप्ता युक्रेनको आक्रमणले इन्धन अभाव भएको स्वीकार गरेका छन्। र, शनिबार घरेलु इन्धन बजारमा आपूर्ति बढाउने विधेयक अनुमोदन गरेका छन्। 

रुसले २०२२ फेब्रुअरीमा युक्रेनमा ठुलो मात्रामा आक्रमण गरेयता दुई देशबिच युद्ध जारी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad