इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले यदि आफ्नो देशमा अमेरिकाले आक्रमण गरे त्यसले ‘क्षेत्रीय युद्ध’ निम्त्याउन सक्ने चेतावनी दिएका छन्।
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध सैन्य कारबाही गर्न भन्दै यूएसएस अब्राहम लिंकनसहितका युद्धपोत अरब सागरमा तैनाथ गरेका बेला खामेनीले हमला भए क्षेत्रीय युद्ध निम्तिने चेतावनी दिएका हुन्।
खामेनीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अमेरिकीहरूले बुझ्नुपर्छ- यदि उनीहरूले युद्ध सुरु गरे भने यसपटक यो क्षेत्रीय युद्ध हुनेछ।’
582
Shares

प्रतिक्रिया