इरानका कार्यवाहक रक्षामन्त्री ब्रिगेडियर जनरल मजिद इबन-इ-राजाले अमेरिकालाई युद्धविराम तोडिए कारबाही हुने चेतावनी दिएका छन्।
कार्यवाहक रक्षामन्त्रीले इरानको सरकारी च्यानल प्रेस टीभीसँग भनेका छन्, ‘हाम्रा औँला ट्रिगरमा छन्। यदि युद्धविराम तोडियो भने हामी कारबाही गर्नेछौँ भन्ने कुरामा कसैले शंका नगरे हुन्छ।’
उनले आफूहरू शत्रुलाई विश्वास गर्न नसकिने पनि बताए।
इरानको यो चेतावनी अमेरिकाका प्रतिनिधि वार्ताका लागि भनेर कतारको राजधानी दोहा पुगेका बेला आएको हो।
इरानसँग वार्ता गर्न भनेर अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफ र ज्वाइँ जेरेड कुसनर दोहा पुगेका हुन्।
कतारको विदेश मन्त्रालयले यसको पुष्टि गरेको छ। तर कतारले इरान र अमेरिकाबिच कुनै प्रत्यक्ष वार्ता नहुने पनि बताएको छ।
171
Shares

प्रतिक्रिया