ad ad

ग्लोबल


लगातार तेस्रोपटक चुनाव जितेपछि मोदीले भने- भारतको इतिहासमा अभूतपूर्व क्षण

लगातार तेस्रोपटक चुनाव जितेपछि मोदीले भने- भारतको इतिहासमा अभूतपूर्व क्षण

नेपालखबर
जेठ २२, २०८१ मंगलबार २०:४३, काठमाडौँ

लोकसभा निर्वाचनमा वाराणसीबाट तेस्रोपटक विजयी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यसलाई भारतको इतिहासमा अभूतपूर्व क्षण भनेका छन्। 

भारतका जनताले भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको गठबन्धन एनडीएलाई तेस्रोपटक विश्वास गरेको भन्दै मोदीले आभार व्यक्त गरेका छन्। 

‘देशका जनताले लगातार तेस्रोपटक एनडीएमा विश्वास व्यक्त गरेका छन्। यो भारतको इतिहासमा अभूतपूर्व क्षण हो’, जितपछि मंगलबार बेलुका मोदीले एक्समा लेखेका छन्, ‘यो माया र आशीर्वादका लागि म मेरो परिवारजनालाई नमन गर्दछु।’

नयाँ जोश, जाँगरका साथ देशवासीको आकांक्षा पूरा गर्ने विश्वास दिलाउँदै प्रधानमन्त्री मोदीले आफ्नो विजयका लागि मेहनत गर्ने कार्यकर्ताहरूलाई पनि धन्यवाद दिएका छन्। 

‘नयाँ उर्जा, नयाँ जोश र नयाँ संकल्पका साथ हामी देशवासीका आकांक्षा पूरा गर्न अगाडि बढ्ने विश्वास दिलाउन चाहन्छु’, उनले भनेका छन्, ‘सबै कार्यकर्ताहरूले गरेको समर्पण र अथक परिश्रमका लागि म हृदयदेखि कृतज्ञता व्यक्त गर्दछु र बधाई दिन्छु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .