ad ad

राजनीति


मोदीको एनडीए गठबन्धन : ४०० सिटको दाबा, ३०० का लागि संघर्ष

मोदीको एनडीए गठबन्धन : ४०० सिटको दाबा, ३०० का लागि संघर्ष

नेपालखबर
जेठ २२, २०८१ मंगलबार १८:४६, काठमाडौँ

लोकसभामा ४ सयभन्दा बढी सिट ल्याउने दाबी गरेको भाजपा नेतृत्वको एनडीए गठबन्धन ३ सयका लागि संघर्ष गरिरहेको छ।

प्रधानमन्त्री नरेन्द्र मोदीको दल भाजपा एक्लै बहुमत ल्याउन असमर्थन त देखिएको छ नै, एनडीए गठबन्धनका २३ वटा घटकको कुल विजय र अग्रता जोड्दा अहिलेसम्म २ सय ९० सिट हुन आउँछ। 

भारतमा सरकार बनाउन लोकसभामा २ सय ७२ सिट आवश्यक पर्छ।

यस गठबन्धनका सबै घटकको हिसाब जोड्दा १ सय ५८ सिटमा विजय भएको देखिन्छ भने १ सय ३२ सिटमा अग्रता छ।

त्यसपछि यही गठबन्धनका तेलुगु देशम पार्टीले २ सिट जितेको छ भने १४ सिटमा अग्रता कायम गरेको छ।

जनता दल युनाइटेडले २ सिट जितसहित १२ सिट भरथेग गरिरहेको छ।

उता विपक्षी गठबन्धन ‘इन्डिया’ले यसपालि अपेक्षाभन्दा राम्रो प्रदर्शन गरेको छ।

हालसम्म ९१ सिट जितेको यस गठबन्धनले १ सय ४४ सिटमा अग्रता कायम गर्दै २ सय ३५ सिट पुर्‍याउने सम्भावना देखाएको छ।

कंग्रेस एक्लैले १ सय सिट नघाउन सक्ने देखिएको छ। उसले ५४ सिट जित्दा ४६ सिटमा अग्रता लिइरहेको छ। यही गठबन्धनको अर्को घटक समाजवादी पार्टीले ३८ सिट जित्ने सम्भावना देखाएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .