ad ad

कारोबार


सीजी मोटर्सद्वारा नेपाली क्रिकेट टिमलाई शुभकामना र्‍यालीको आयोजना

सीजी मोटर्सद्वारा नेपाली क्रिकेट टिमलाई शुभकामना र्‍यालीको आयोजना

नेपालखबर
जेठ २२, २०८१ मंगलबार २०:४६, काठमाडौँ

सीजी मोटर्स (हिरो ब्रान्डको आधिकारीक डिस्ट्रिब्युटर) ले आईसीसी टी–२० विश्वकपमा भाग लिइरहेको नेपाली क्रिकेट टिमलाई शुभकामना र्‍यालीको आयोजना गरेको छ।

नेपाल र नेपालीको सानलाई आईसीसी टी–२० विश्वकप क्रिकेट मार्फत विश्वभरी चिनाउने नेपालका गौरव नेपाली क्रिकेट खेलाडीको हौसला बढाउनका लागि सीजी मोटर्सले र्‍यालीको आयोजना गरेको कम्पनीले जनाएको छ।

यो ‘शुभकामना र्‍याली’ले खेलकुदमार्फत नेपाल र नेपालीहरुको सानलाई विश्वभरी पुर्याउन नेपाली क्रिकेट खेलाडीलाई आईसीसी टी–२० विश्वकप खेल मैदानमा उच्च मनोबलका साथ खेल्ने हौसला प्रदान गराउने उद्देश्य रहेको छ।

आईसीसी टी–२० विश्वकपलाई हौसला दिन शुभकामना र्‍याली काठमाडौं लगायत देशका अन्य स्थानहरुमा पनि सम्पन्न गरिएको छ। नेपालभर हिरो ब्राण्डका सेल्स, सर्भिस तथा स्पेयर पार्टस नेटवर्क रहेका स्थानहरुमा पनि शुभकामना र्‍यालीको सम्पन्न भएको छ।

शुभकामना र्‍याली’ मंगलबार सम्पन्न भएको हो। दिउँसो २ बजे शुरु भएको सो र्‍यालीमा ३० जनाभन्दा बढी राइडर सहभागी भएका थिए। र्‍यालीमा सहभागी सबै मोटरसाइकल तथा स्कुटरहरु हिरो ब्राण्डका रहेका थिए।

सीजी मोटर्सको हिरो ब्राण्डको नक्सालमा रहेको सोरुमबाट सुरु हुने र्‍याली ज्ञानेश्वर, मैतीदेवी, कोटेश्वर हुँदै भक्तपुर दरवार स्क्वायरमा पुगेर समापन भएको थियो।

खेलकुद मार्फत नेपाल र नेपालीको गौरव र सानलाई विश्वभरी चिनाउने खेलाडीको मेहनतलाई सबैले उच्च मूल्यांकन गर्दै उनीहरूको मेहनतको कदर गर्न सबैले आह्वान समेत गरेका थिए।

मोटरसाइकल तथा स्कुटर उत्पादन गर्ने विश्वकै सबैभन्दा ठूलो कम्पनी हिरो यसले आर्जन गरेको विश्वास र उत्कृष्टताका लागि सबैमाझ परिचित छ। सिजी मोटर्सले हिरो मोटोकर्पसँग मिलेर केहि समय अघि मात्रै नेपालमा आक्रामक व्यापार योजना घोषणा गरेको छ।

साथै, नवलपरासीको सिजी इन्डस्ट्रियल पार्कमा प्रतिवर्ष ७५ हजार युनिट मोटरसाइकल एसेम्बल गर्नसक्ने क्षमताको अत्याधुनिक प्लान्टको उद्घाटन समेत गरिसकेको छ। हिरोका मोटरसाइकल तथा स्कुटरहरू अहिले नेपाली भूमिमै एसेम्बल भईरहेका छन्।

नेपालमा सबैभन्दा बढी बिक्री हुने मोटरसाइकल ब्राण्ड मध्येको एक हिरोले नयाँ बेन्चमार्कहरू समेत कायम गर्दै आएको छ। सिजी मोटर्सले हाल नेपालका विभिन्न स्थानहरूमा ५० भन्दा बढी हिरो शोरुमको नेटवर्क सञ्चालन गरिरहेको छ। जहाँ एक्सपल्स, सुपर स्प्लेन्डर, स्प्लेन्डर प्लस, तथा जूम विक्री हुँदै आइरहेका छन्।

साथै, सिजी मोटर्स निकट भविष्यमा थप शोरुम खोल्ने प्रक्रियामा रहेको छ। यसबाहेक, सिजी मोटर्सले बढ्दो ग्राहकहरूको संख्यालाई ध्यानमा राख्दै नेपालभर सेल्स, सर्भिस तथा स्पेयर पार्टस नेटवर्कलाई द्रुत रूपमा विस्तार गरिरहेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .