ग्लोबल


लन्डनमा विमान दुर्घटना अपडेट: चार जनाको मृत्यु

लन्डनमा विमान दुर्घटना अपडेट: चार जनाको मृत्यु

लन्डनमा विमान दुर्घटना हुँदा देखिएको धुवाँको मुस्लो


नेपालखबर
असार ३०, २०८२ सोमबार २१:३२, काठमाडौँ

लन्डनस्थित साउथेन्ड विमानस्थलमा भएको विमान दुर्घटनामा चार जनाको मृत्यु भएको छ। 

मृतकमा चारै जना विदेशी नागरिक रहेको त्यहाँको प्रहरीले पुष्टि गरेको छ।

आइतबार दिउँसो साउथेन्ड विमानस्थलबाट उड्नासाथ दुई इन्जिन भएको बिचक्राफ्ट किङ एयर बी२०० विमान जमिनमा खसेको थियो। 

द टेलिग्राफका अनुसार, दुर्घटनामा तीन पुरुष र एक महिलाको मृत्यु भएको हो। जसमा पाइलट र सह-पाइलटसहित सबै डच नागरिक थिए। 

अन्य मृतकमा एक नर्स र एक डाक्टर रहेको बताइएको छ। 

विमान मेडिकल चार्टर उडानमा थियो। जसले एक ब्रिटिस बिरामीलाई विमानस्थलमा ल्याएर नेदरल्यान्ड्स फर्किंदै थियो।

एसेक्स प्रहरी प्रमुख सुपरिटेन्डेन्ट मोर्गन क्रोनिनले आइतबार लन्डन साउथेन्ड विमानस्थलबाट उडेको केही बेरपछि नै दुर्घटनाग्रस्त भएको विमानमा सवार सबै चार जनाको मृत्यु भएको पुष्टि गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad