नाइजेरियाली सेनाको ‘अल्फा जेट’ विमान सम्पर्कविहीन भएको छ। विमानको ‘राडर’सँग सम्पर्क विच्छेद भएको त्यहाँको वायुसेनाले जनाएको छ।
उक्त विमान स्थानीय समयअनुसार साँझ ५ बजेर ८ मिनेट जाँदा राडरसँगको सम्पर्कभन्दा बाहिर गएको नाइजेरियाली वायुसेनाका प्रवक्ता एडवर्ड गाब्वेटले पुष्टि गरेका छन्।
विमान नाइजेरियाको उत्तरपूर्वी राज्य बोर्नोबाट सम्पर्कबाहिर पुगेको हो। विमानमा कति यात्रु थिए भन्नेबारे खुलाइएको छैन। विमान एक्कासी सम्पर्कबाहिर गएपछि कतिपय नाइजेरियाली सञ्चारमाध्यमले विमान दुर्घटनाग्रस्त भएको आशङ्का व्यक्त गरेका छन्।
विमान रहेको ठाँउ वा सम्पर्क गुमेको सम्भावनाको कारण अझै पत्ता लागि नसकेको र यसबारे थप सूचना आउँदासाथ जानकारी गराइने प्रवक्ता गाब्वेटले बताए।
विमानले उत्तरपूर्वमा चलिरहेको विद्रोह नियन्त्रणका लागि खटिएको सैनिक समूहको बन्दोबस्तीका सामान लिएर गएको थियो। विमानको खोज र उद्धार प्रयास जारी रहेको उनले बताए। एजेन्सी
प्रतिक्रिया