ad ad

राजनीति


ओलीलाई रामकुमारी झाँक्रीको चेतावनी : हेक्का राखौं–...

ओलीलाई रामकुमारी झाँक्रीको चेतावनी : हेक्का राखौं–...

नेपालखबर
चैत १९, २०७७ बिहिबार २३:५३,

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेताहरू माधव नेपाल र भीम रावलपछि सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई कारबाही गरेपछि नेत्री रामकुमारी झाँक्रीले आक्रोश व्यक्त गरेकी छन्।

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले वरिष्ठ नेता नेपाल र उपाध्यक्ष रावललाई ६ महिनाका लागि पार्टी सदस्यताबाट निलम्बन गरेको केही दिन नबित्दै नेताहरू पाण्डे र भुसाललाई पनि बिहीबार त्यस्तै कारबाही गरेका हुन्।

यसैका विरुद्ध नेपाल पक्षमा रहेकी नेत्री झाँक्रीले असन्तुष्टि व्यक्त गरेकी हुन्। ‘जसले पार्टी बनायो उसैलाई कारबाही’ गरेको उल्लेख गर्दै नेत्री झाँक्रीले ‘साधुलाई सुली र चोरलाई चौतारो’ स्वीकार्य नहुने चेतावनी दिएकी छन्।

‘षडयन्त्र, तिगडम र छलछामको राजनीति, पार्टी एकतादेखि एकता भंगसम्म आयो। यी सबै नक्कली र निश्चित स्वार्थका लागि थिए,’ नेत्री झाँक्रीले बिहीबार राति सामाजिक सञ्जालमा लेखेकी छन्, ‘फेरि जसले पार्टी बनायो, उसैलाई कारबाही ! साधुलाई सुली र चोरलाई चौतारो स्वीकार्य छैन।’

चेतावनी दिँदै अगाडि भनेकी छन्, ‘कसैको बुई चढेर जे गरिँदै छ त्यो गलत गरिँदै छ। हेक्का राखौं– बुई चढ्ने लड्छ। र, षडयन्त्र, तिगडम र छलछामको राजनीतिक आयु छोटो हुन्छ।’

ramo

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .