फ्रान्सले १५ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने पक्षमा मतदान गरेको राष्ट्रपति इमानुएल म्याक्रोनले बताएका छन्।
सामाजिक सञ्जाल एक्समार्फत राष्ट्रपति इमानुएल म्याक्रोनले सांसदहरूलाई उनीहरूको समर्थनका लागि धन्यवाद दिँदै आफू यस विषयमा प्रतिबद्ध रहेको उल्लेख गरेका छन्।
उनले यो निर्णय छिटै कार्यन्वयन गरी १५ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाइने जानकारी दिएका छन्।
यो संवैधानिक परिषद्को निर्णयमा निर्भर रही आफ्ना बच्चाहरूलाई अनलाइनको असुरक्षा बाट जोगाउन उनले सबै नागरिकलाई आग्रह पनि गरेका छन्।
सीएनएनका अनुसार यो निर्णय कार्यान्वयनसँगै फ्रान्स सामाजिक सञ्जालमा उमेर प्रतिबन्ध लगाउने युरोपेली संघको पहिलो देश हुनेछ।
यसअघि जुन महिनामा बेलायतले १६ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने घोषणा गरेको थियो।
फ्रान्सका पूर्वप्रधानमन्त्री किअर स्टार्मरले भिडिओ सन्देश जारी गरी यसलाई समयको आवश्यकता र देशका लागि ठुलो निर्णय भनेका छन्।
उनले कसरी सामाजिक मिडियाले बच्चाहरूलाई खेल, निद्रा र परिवारसँग समय बिताउनबाट टाढा बनाई उनीहरूको मानसिक स्वास्थ्यलाई हानि पुर्याउँछ भन्नेबारे विषयमा पनि बताएका छन्।
जुन महिनाको सुरुमा जापानले कम उमेरका सोसल मिडिया प्रयोगकर्ताहरूको सुरक्षाका लागि प्रस्तावित उपायको सूचीमा कडा उमेर प्रमाणीकरण र केही सुविधा प्रतिबन्धित गरेर सामाजिक मिडिया अपरेटरहरूको जिम्मेवारी बलियो बनाउन आह्वान गरेको थियो।
यस्तै अस्ट्रेलियाले गत वर्ष १६ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा पूर्ण प्रतिबन्ध लगाएको थियो भने स्पेन र डेनमार्कलगायत देशले पनि यस विषयमा विचार गरिरहेका छन्।
Shares

प्रतिक्रिया