अमेरिकाको पेन्सिलभेनियामा रहेको एक नर्सिङ होममा विस्फोट हुँदा २ जनाको मृत्यु भएको छ।
स्थानीय समयअनुसार सिल्भर लेक नर्सिङ होममा मंगलबार दिउँसो २ बजेतिर भएको उक्त दुर्घटनापछि पाँच जना बेपत्ता छन्।
बीबीसीका अनुसार उनीहरू भवनमै छन् कि छैनन् भन्ने कुरा निश्चित नभएको अधिकारीहरूले बताएका छन्।
ग्यासको गन्ध आएको खबर पाएपछि आपत्कालीन टोली सिल्भर लेक नर्सिङ होममा पुग्दा भवनमा विस्फोट भई आगलागी भएको थियो।
पेन्सिलभेनियाका गभर्नर जोस सापिरोले घाइतेहरूको संख्या निश्चित भइनसकेको जानकारी दिँदै विस्फोटको कारणबारे अनुसन्धान भइरहेको बताएका छन्।
105
Shares

प्रतिक्रिया