ग्लोबल


अमेरिका र इरानबिच आज स्विट्जरल्यान्डमा हुने भनिएको वार्ता ‘अन्तिम समयमा’ रद्द

अमेरिका र इरानबिच आज स्विट्जरल्यान्डमा हुने भनिएको वार्ता ‘अन्तिम समयमा’ रद्द

अमेरिकाका उपराष्ट्रपति जेडी भान्स


नेपालखबर
असार ५, २०८३ शुक्रबार १४:३३, काठमाडौँ

अमेरिका र इरानबिच बुधबार फ्रान्समा भएको शान्ति सम्झौता लागु गर्ने विषयमा आज (शुक्रबार) स्विट्जरल्यान्डमा हुने भनिएको वार्ता रद्द गरिएको छ। 

द गार्डियनको रिपोर्टअनुसार वार्ताका लागि अमेरिकाका उपराष्ट्रपति जेडी भान्स स्विट्जरल्यान्ड जाने कार्यक्रम अन्तिम समयमा स्थगन गरिएको हो। स्विट्जरल्यान्ड जाने भनेर भान्सका कर्मचारी र पत्रकारको समूह विमानस्थल पुगिसकेको अवस्थामा यात्रा रद्द गरिएको हो।

आज स्विट्जरल्यान्डमा अमेरिका र इरानबिच वार्ता हुन्छ भनेर ह्वाइट हाउसका धेरै जना अधिकारी र विदेशी मिडिया कर्मचारीहरू यसअघि नै त्यहाँ पुगिसकेका छन्। 

अमेरिकी अनलाइन एक्सियोसको रिपोर्टअनुसार लेबनानका विषयमा इरानको माग भान्सको स्विट्जरल्यान्ड यात्रा स्थगनको कारण हुन सक्छ।

शान्ति सम्झौतामा लेबनानसहित सबै मोर्चामा युद्ध अन्त्य गर्ने भनिएको छ। तर इजरायलले लेबनानमा आक्रमण जारी राख्दा वार्तामा मतभेद सिर्जना गरिरहेको छ।

आजै मात्र लेबनानको राष्ट्रिय समाचार एजेन्सीले अमेरिका-इरानबिच शान्ति सम्झौतामा हस्ताक्षरपछि पनि इजरायलले देशको दक्षिणी क्षेत्रका धेरैवटा सहरमा आक्रमण गरेको र कम्तीमा १६ जना मारिएको बताएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad