जम्मु-कश्मीरको श्रीनगरस्थित नौगाम प्रहरी स्टेसनमा शुक्रबार मध्यराति (स्थानीय समय राति ११:२० बजे) ठूलो विस्फोट भएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार घटनामा ६ जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन्। घाइतेमध्ये धेरैजसो प्रहरी र फोरेन्सिक अधिकारी छन्।
उनीहरूको उपचार ९२ आर्मी बेस र एसकेआईएमएस सौरा अस्पतालमा भइरहेको छ। उक्त क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ।
ह्वाइट-कलर आतंक मोड्युल केसको सम्बन्धमा प्रहरीले जफत गरेको विस्फोटक पदार्थको नमुना संकलन गरिरहेका बेला विस्फोट भएको हो।
यो हरियाणाको फरिदाबादमा पक्राउ परेका डा. मुजम्मिल गनाईको भाडाको घरबाट जम्मु कश्मीर प्रहरीले जफत गरेको ३६० किलोग्राम विस्फोटक पदार्थ (अमोनियम नाइट्रेट) को हिस्सा थियो।
दिल्ली विस्फोटपछि पक्राउ परेका आठ जमध्ये गनाई पनि एक हुन्।
यही नोभेम्बर १० (सोमबार) मा दिल्लीको लालकिल्ला मेट्रो स्टेसनको गेट नम्बर १ नजिकै एउटा कार विस्फोट हुँदा १३ जनाको मृत्यु भएको थियो।
शुक्रबार मध्यराति जम्मु कश्मीरमा भएको विस्फोटको भिडिओ-
#WATCH | A blast occurred near the premises of Nowgam police station in Jammu and Kashmir. More details awaited. Security personnel present at the spot. pic.twitter.com/nu64W07Mjz
— ANI (@ANI) November 14, 2025
Shares

प्रतिक्रिया