ग्लोबल


इस्लामाबाद अदालत परिसरमा विस्फोटको दोष लगाएपछि भारतले दियो पाकिस्तानलाई जवाफ

इस्लामाबाद अदालत परिसरमा विस्फोटको दोष लगाएपछि भारतले दियो पाकिस्तानलाई जवाफ

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवाल


नेपालखबर
कात्तिक २६, २०८२ बुधबार ७:४७, काठमाडौँ

भारतको विदेश मन्त्रालयले इस्लामाबादको जी-११ अदालत परिसरमा मंगलबार भएको आत्मघाती हमलाको सम्बन्धमा पाकिस्तानले लगाएको आरोपको जवाफ दिएको छ।

बीबीसी हिन्दीका अनुसार भारतको विदेश मन्त्रालयले उक्त आरोपलाई आधारहीन र निराधार भनी खण्डन गरेको हो।

विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले भने, ‘पाकिस्तानी नेतृत्वले लगाएको उनले थपे, ‘यो पाकिस्तानले आफ्नो देशमा भइरहेको सैन्य-प्रेरित संवैधानिक विद्रोह र सत्ता कब्जा गर्ने प्रयासबाट जनताको ध्यान मोड्न भारतविरुद्ध झुटा कथा बनाउने रणनीति हो।’

भारतीय विदेश मन्त्रालयका प्रवक्ता जयसवालले अन्तर्राष्ट्रिय समुदाय यो वास्तविकताबाट राम्ररी जानकार रहेको र ‘पाकिस्तानको विचलित रणनीति’बाट भ्रमित नहुने दाबी गरे।

पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफले इस्लामाबादको जी-११ अदालतमा भएको आत्मघाती हमलाको निन्दा गर्दै आक्रमणमा ‘भारत-समर्थित’ अतिवादी समूह संलग्न रहेको आरोप लगाएका छन्।

आक्रमणमा १२ जना मारिएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad