ग्लोबल


अमेरिकाको सिकागोमा नाइट क्लबबाट निस्किँदै गरेको भिडमा गोली प्रहार, २ युवक र २ युवतीको मृत्यु

अमेरिकाको सिकागोमा नाइट क्लबबाट निस्किँदै गरेको भिडमा गोली प्रहार, २ युवक र २ युवतीको मृत्यु

सिकागोमा गोलीकाण्डपछि सडक सफा गर्दै एक अग्नि नियन्त्रक कर्मचारी।


नेपालखबर
असार २०, २०८२ शुक्रबार ११:२२, काठमाडौँ

अमेरिकाको सिकागो सहरस्थित एक नाइट क्लबबाहिर अन्धाधुन्द गोली प्रहार हुँदा कम्तीमा ४ जनाको मृत्यु भएको छ भने १४ व्यक्ति घाइते भएका छन्।

सिकागो प्रहरीले स्थानीय समयअनुसार बुधबार राति ११ बजे क्लब नजिकैबाट गाढा रङको कारमा सवार बन्दुकधारीहरूले मानिसहरूमाथि गोली चलाएका हुन्। 

बीबीसीको अमेरिकी साझेदार सीबीएस न्युजका अनुसार, र्‍यापर मेलो बक्जको एल्बम रिलिज पार्टीपछि नाइटक्लबबाट बाहिरिँदै गरेका मानिसहरूको भिडमा जथाभाबी गोली चलाइएको हो।

गोली लागेर २४ र २५ वर्षका दुई पुरुष र २६ र २७ वर्षका दुई महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ। 

गोलीकाण्डपछि त्यो गाडी तुरुन्तै भागेको र अहिलेसम्म कसैलाई पनि नियन्त्रणमा नलिइएको प्रहरीले जनाएको छ। 

गोली लागेर घाइते भएकाहरूलाई विभिन्न अस्पतालमा लगिएको छ।

अस्पतालमा भर्ना भएका कम्तीमा चार जनाको अवस्था गम्भीर रहेको बताइएको छ। 

यो खबर प्रकाशन गर्दासम्म घाइते र मृत्यु भएकाहरूको पहिचान खुलाइएको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad