ग्लोबल


अमेरिकाले आक्रमण गरेको इरानद्वारा पुष्टि

अमेरिकाले आक्रमण गरेको इरानद्वारा पुष्टि

ट्रम्पले इरानका प्रमुख आणविक स्थलमा हमलाको घोषणा गरेका छन्। तस्बिर: रोयटर्स


नेपालखबर
असार ८, २०८२ आइतबार ७:५९, काठमाडौँ

इरानले अमेरिकाले आफ्नो देशमा आक्रमण गरेको पुष्टि गरेको छ। 

इरानले फोर्डो, नातान्ज र इस्फहानका आणविक स्थलमा अमेरिकाले आक्रमण गरेको बताएको हो। 

कोम प्रान्तको विपद् व्यवस्थापन प्रवक्ता मोर्तेजा हेयदारीले तस्निम समाचार एजेन्सीसँग भनेका छन्, 'फोर्डो आणविक स्थलको एक भागमा हवाई आक्रमण गरिएको छ।'

इस्फहानका उप-गभर्नर अकबर सालेहीले भने, ‘नातान्ज र इस्फहाननजिकै धेरै विस्फोट सुनिएका थिए, हामीले नातान्ज र इस्फहानका आणविक स्थलनजिकै आक्रमण देख्यौँ।’

यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका तीन आणविक स्थल- फोर्डो, नातान्ज र इस्फहानमा आक्रमण गरिएको जानकारी दिएका थिए।

यसैबीच इजरायलले पनि इरानविरद्धको आक्रमणमा अमेरिकाले पूरा सहयोग गरेको पुष्टि गरेको छ।

सुरुमा इजरायलले यही जुन १३ मा इरानमा आक्रमण गरेपछि दुई देशबीच युद्ध जारी छ।

यस क्रममा हालसम्म इरानमा ६५७ जनाको मृत्यु र २००० भन्दा बढी घाइते भएको रिपोर्ट सार्वजनिक भएको छ। 

उता इजरायलमा पनि २४ जनाको मृत्यु र ९०० भन्दा बढी घाइते भएको बताइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad