ग्लोबल


इजरायलले भन्यो: गाजामा बन्धक बनाइएका थाई नागरिकको शव भेटियो

इजरायलले भन्यो: गाजामा बन्धक बनाइएका थाई नागरिकको शव भेटियो

नट्टापोङ पिन्टा


नेपालखबर
जेठ २४, २०८२ शनिबार २२:२८, काठमाडौँ

इजरायलका रक्षामन्त्री इजरायल काट्जले अक्टोबर २०२३ मा हमासले आक्रमण गर्दा बन्धक बनाइएका थाई नागरिकको शव फेला परेको बताएका छन्।

उनका अनुसार नट्टापोङ पिन्टाको शव शुक्रबार दक्षिणी गाजाको रफाह क्षेत्रमा विशेष कारबाहीका क्रममा फेला परेको हो। 

३५ वर्षीय पिन्टा दक्षिणी इजरायलमा कृषि मजदुरका रूपमा काम गर्थे। त्यही बेला उनी अपहरणमा परेका थिए। 

एक इजरायली सैन्य अधिकारीले पिन्टाको मृत्यु अपहरणको पहिलो महिनामै भएको अनुमान गरेका छन्। 

यसअघि इजरायली सेनाले यसै हप्ता गाजामा दुई इजरायली अमेरिकीको शव फेला पारेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad