भारतीय वायुसेनाले राजस्थानमा रहेको भारत-पाकिस्तान अन्तर्राष्ट्रिय सीमानजिकै शनिबारदेखि ठूलो मात्रामा अभ्यास गरिरहेको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार यो दुईदिने अभ्यासका लागि सूचना जारी गरिएको छ। यो वायुसेनाको नियमित अभ्यास हो।
सूचनाअनुसार, शनिबार दिउँसो ३:३० बजे सुरु यो हवाई अभ्यास आइतबार राति ९:३० बजे मात्र सकिनेछ।
यस अवधिमा निर्धारित स्थानमाथिको हवाई क्षेत्रमा प्रतिबन्ध लगाइएको छ।
भारतीय वायुसेनाका एक अधिकारीले राफेल, मिराज २००० र सुखोई-३० जस्ता उन्नत लडाकु विमान अभ्यासमा संलग्न भएको बताएका छन्। जसमा निगरानी प्लेटफर्म र अन्य सहयोगी प्रणाली पनि संलग्न छन्।
भारतीय वायुसेनाले यो अभ्यास गत महिना पाकिस्तानविरुद्ध गरिएको अपरेसन सिन्दूरपछि गरिरहेको हो।
2.6k
Shares

प्रतिक्रिया