ग्लोबल


भारतका १७ राज्यमा मनसुन प्रवेश, छत्तीसगढमा १२ दिनअघि नै

भारतका १७ राज्यमा मनसुन प्रवेश, छत्तीसगढमा १२ दिनअघि नै

नेपालखबर
जेठ १४, २०८२ बुधबार २०:४३, काठमाडौँ

भारतका १७ राज्यमा मनसुन प्रवेश गरेको छ। 

भारतीय सञ्चारमाध्यमका अनुसार बुधबार मनसुन छत्तीसगढमा सरदर मितिभन्दा १२ दिन अगाडि र ओडिसामा १३ दिन अगाडि आइपुगेको छ। दुवै राज्यका केही जिल्लामा भारी वर्षा भएको छ। 

आज महाराष्ट्रको मुम्बई, नवी मुम्बई, ठाणे, पालघर, रायगडमा भारी वर्षा भइरहेको छ। 

मंगलबार मध्य प्रदेशका १५ भन्दा बढी जिल्लामा पानी परेको थियो।

आज पनि भोपाल, इन्दौर-उज्जैन लगायत ४० जिल्लामा शक्तिशाली आँधीसहित वर्षाको चेतावनी दिइएको छ।

केही जिल्लामा आँधीको गति प्रतिघण्टा ५० किलोमिटरसम्म हुन सक्छ। आज बिहारका १२ जिल्लामा वर्षाको लागि एल्लो अलर्ट जारी गरिएको छ।

यसैबीच यस वर्ष मनसुन नेपालमा पनि सरदर मितिभन्दा एक हप्ताअघि नै भित्रिने अनुमान यहाँका मौसमविद्ले गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad