अफगानिस्तानले पाकिस्तानी सेनाले मंगलबार राति र बुधबार बिहान डुरेन्ड रेखानजिकैका धेरैवटा प्रान्तमा हवाई आक्रमण गरेको बताएको छ।
अफगानिस्तानस्थित तालिबान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले तस्बिर पोस्ट गर्दै एक्समा लेखेका छन्, ‘गएराति पाकिस्तानी सेनाले फेरि एकपटक अफगान हवाई क्षेत्रको उल्लंघन गरेको छ र कुनार, खोस्त र पक्तिका प्रान्तहरूमा नागरिकका घरहरूमा बमबारी गरेको छ।’
उनले अगाडि लेखेका छन्, ‘आक्रमणमा ११ बालबालिका, एक महिला र एक वृद्ध पुरुषको मृत्यु भएको छ भने १४ महिला र बालबालिका घाइते भएका छन्।’
तालिबान सरकारका प्रवक्ताले आक्रमणको कडा निन्दा गर्दै पाकिस्तानले ‘मानवीय अपराध’ गरेको बताएका छन्।
यस विषयमा पाकिस्तानबाट भने अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन।
हालैका महिनाहरूमा अफगानिस्तानमा तालिबान सरकार र पाकिस्तानबीच तनाव बढेको छ।
Shares

प्रतिक्रिया