ग्लोबल


किमसँग रात्रिभोजपछि सीले भने: 'चीन र उत्तर कोरियाको भाग्य एउटै छ'

किमसँग रात्रिभोजपछि सीले भने: 'चीन र उत्तर कोरियाको भाग्य एउटै छ'

नेपालखबर
जेठ २६, २०८३ मंगलबार १०:१०, काठमाडौँ

चीनका राष्ट्रपति सी चिनफिङ उत्तर कोरियाको भ्रमणमा छन्। सन् २०१९ पछि उनी पहिलोपटक उत्तर कोरिया पुगेका हुन्। 

सोमबार सीलाई उत्तर कोरियाको राजधानी प्योङयाङमा गार्ड अफ अनर दिइयो।

त्यसपछि सी र उत्तर कोरियाका नेता किम जोङ उनबिच भेटवार्ता भयो। जहाँ दुई नेताले एकअर्काप्रति सहयोग बढाउने वाचा गरे।

चीनको सरकारी समाचार एजेन्सी, सिन्ह्वाका अनुसार सीले सोमबार राति आयोजित रात्रिभोजमा भने, ‘चीन र उत्तर कोरिया पहाड र नदीले जोडिएका छन् र यिनको भाग्य पनि एउटै छ।’

साथै सीले भने, ‘किमसँग समयको अवस्था बुझ्ने र उच्च-स्तरीय सहयोगका साथै जनता-जनताबिचको सम्बन्धलाई अझ सुदृढ पार्ने विषयमा महत्वपूर्ण सहमति भएको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad