ग्लोबल


भारतसँग तनावका बीच पाकिस्तानका विदेशमन्त्री चीन प्रस्थान

भारतसँग तनावका बीच पाकिस्तानका विदेशमन्त्री चीन प्रस्थान

पाकिस्तानका विदेशमन्त्री मोहम्मद इशाक दार (फाइल तस्बिर)


नेपालखबर
जेठ ५, २०८२ सोमबार ११:२४, काठमाडौँ

भारतसँग तनावका बीच पाकिस्तानका विदेशमन्त्री मोहम्मद इशाक दार सोमबार तीन दिन भ्रमणका लागि चीन प्रस्थान गरेका छन्। 

भ्रमणका क्रममा उनले चीनका विदेशमन्त्री वाङ यीका साथै चिनियाँ कम्युनिस्ट पार्टीका प्रमुख सदस्यसहित अन्य वरिष्ठ नेतासँग भेटवार्ता गर्ने कार्यक्रम छ। 

पाकिस्तानको विदेश मन्त्रालयका अनुसार भेटवार्ता क्षेत्रीय विकास र पाकिस्तान-चीन सम्बन्धका विभिन्न आयाममा केन्द्रित हुनेछन्।

यसअघि पाकिस्तानको विदेश मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै चीनले पाकिस्तानी विदेशमन्त्री इशाक डारलाई तीन दिन भ्रमणका लागि आमन्त्रण गरेको जानकारी दिएको थियो।

विदेशमन्त्री इशाक दारले मे १९ देखि मे २१ सम्म चीनको भ्रमण गर्नेछन्।

यस क्रममा उनले चिनियाँ विदेशमन्त्री वाङ यीसँग दक्षिण एसियाको अवस्थाबारे गहन छलफल गर्नेछन्।

गत अप्रिल २२ मा जम्मु कश्मीरको पहलगाममा आतंककारीले गोली हानेर एक नेपालीसमेत २६ पर्यटकको हत्या गरेयता भारत र पाकिस्तानबीच मनमोटाव छ। 

उक्त आतंकवादी आक्रमणमा पाकिस्तानको हात रहेको आरोप लगाउँदै विभिन्न कूटनीतिक कारबाहीपछि सैन्य आक्रमण पनि गरेको थियो। जवाफमा पाकिस्तानले पनि प्रतिआक्रमण थालेको थियो। तर पछि अमेरिकालगायत मुलुकको मध्यस्थतामा मे १० साँझ दुई देश युद्धविराम गर्न सहमत भएका थिए। 

तर त्यसयता पनि भारत र पाकिस्तानबीचको सम्बन्ध सुमधुर भइसकेको छैन। यहीबीच पाकिस्तानका विदेशमन्त्री चीन भ्रमणमा निस्किएका हुन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad