ग्लोबल


अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा भयो ‘एयर लिक’, अन्तरिक्ष यात्रीलाई सुरक्षित रहन चेतावनी

अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा भयो ‘एयर लिक’, अन्तरिक्ष यात्रीलाई सुरक्षित रहन चेतावनी

नेपालखबर
जेठ २३, २०८३ शनिबार ६:२८, काठमाडौँ

अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आईएसएस) मा रहेका अन्तरिक्ष यात्रीलाई सुरक्षित रहन चेतावनी दिइएको छ। किनभने स्टेसनमा एयर लिक भएको छ र मर्मत भइरहेको छ।

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले पीआरके भनेर चिनिने जवेज्दा सर्भिस मोड्युलको ट्रान्सफर्मर सुरुङमा लामो समयदेखि दरार र हावा चुहावट भइरहेको छ।

नयाँ चुहावट पत्ता लागेपछि रुसको अन्तरिक्ष एजेन्सी रसकसमसले ठुलो मात्रामा मर्मत सुरु गर्ने निर्णय गरेको छ।

सावधानीका रूपमा नासाले एजेन्सीका चार स्पेसएक्स क्रु, १२ सदस्य र अन्य नासा अन्तरिक्ष यात्रीलाई मर्मतका क्रममा ड्र्यागन अन्तरिक्ष यानमा सुरक्षित स्थानमा जान निर्देशन दिएको छ।

अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनले यो समस्याको सामना गरेको यो पहिलोपटक भने होइन। छ वर्षदेखि समय-समयमा यस्तो समस्या भइरहेको छ।

यद्यपि नासका अनुसार, यो कदम अतिरिक्त सावधानीका रूपमा लिइएको छ र हाल चालक दलको सुरक्षा सुनिश्चित गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad