कारोबार


एनसेल बन्यो अपांगता समावेशीकरण प्रवर्द्धन गर्ने पहिलो कम्पनी

एनसेल बन्यो अपांगता समावेशीकरण प्रवर्द्धन गर्ने पहिलो कम्पनी

एनसेल फाउन्डेसन एन्ड स्पेशल प्रोजेक्ट डाइरेक्टर विशाखा लक्ष्मी खड्का


नेपालखबर
जेठ ५, २०८२ सोमबार ११:३३, काठमाडौँ

एनसेलले अपाङ्गता भएका व्यक्तिको डिजिटल समावेशीकरणलाई प्रवर्द्धन गर्ने आफ्नो प्रतिबद्धता अनुसार जीएसएमएले जारी गरेको अपाङ्गता भएका व्यक्तिका लागि डिजिटल समावेशीकरण प्रवर्द्धन गर्ने सिद्धान्तहरुमा हस्ताक्षर गरेको छ।

जीएसएमले जारी गरेको अपाङ्गता भएका व्यक्तिहरूका लागि डिजिटल समावेशीकरण प्रवर्द्धन गर्ने सिद्धान्तमा एनसेलले हस्ताक्षर गरेको हो।

जीएसएमए विश्वभरका मोबाइल सेवा प्रदायक कम्पनीहरुको छाता संगठन हो। जीएसएमएका यी सिद्धान्तले डिजिटल समावेशीकरण प्रवर्द्धन गर्न र मोबाइल सेवामा अपाङ्गता भएका व्यक्तिको पहुँचको खाडल हटाउन विश्वभरका मोबाइल सेवा प्रदायकहरूलाई प्रेरणा र मार्गनिर्देशन प्रदान गर्ने बताइएको छ।

जीएसएमएसँगको यो सहकार्यले सबैमाझ मोबाइल प्रविधि र डिजिटल सेवाहरुको पहुँच र यसका अवसरबाट पाइने लाभ समान रुपमा सुनिश्चित गर्ने विश्वाससमेत एनसेलले व्यक्त गरेको छ। 

यी सिद्धान्तहरूमा हस्ताक्षर गर्ने एनसेल पहिलो नेपाली मोबाइल सेवा प्रदायक कम्पनीसमेत बनेको एनसेलले जनाएको छ।

‘यो उपलब्धिले एनसेलका हाल जारी विभिन्न पहल तथा प्रयासहरूलाई थप बलियो बनाउँछ,’ एनसेलले भनेको छ, ‘यस्ता कार्यहरूमा अपाङ्गता भएका व्यक्तिका लागि सधैँ अन योजना अन्तर्गत डेटामा ५० प्रतिशत छुट, ग्राहकमैत्री सेवा केन्द्रहरू, पूर्ण रूपमा अपाङ्गता मैत्री कार्यालय संरचना, नेपालका पारा खेलाडीहरूलाई सशक्त बनाउने सहकार्य लगायतका पहलहरू समावेश रहेका छन्।’

एक अग्रणी जीएसएम मोबाइल सेवा प्रदायकको रूपमा समावेशीकरण, दिगोपन, र उद्देश्यप्रेरित नवप्रवर्तनका कार्यहरुमा केन्द्रित रहँदै आएको एनसेलले जनाएको छ। अब एनसेलले आफ्ना सेवाहरूको पहुँचलाई अझै सहज बनाउँदै लैजाने, समावेशी ग्राहक अनुभव प्रवर्द्धन गर्ने र समुदायसँग सहकार्य गर्दै सकारात्मक प्रभाव सिर्जना गर्ने जस्ता कार्यहरु गर्दै जाने प्रतिवद्धतासमे एनसेलले व्यक्त गरेको छ।

एनसेलले एक्सेसिबिलिटी अर्थात पहुँच योग्यतालाई आफ्नो संस्थागत रणनीतिमा समावेश गर्ने, समावेशी सेवा तथा सुविधाहरू डिजाइन गर्ने र अपाङ्गता भएका व्यक्तिहरूको समुदायसँग सक्रिय रूपमा संलग्न भई उनीहरूको विशेष आवश्यकतालाई बुझ्न र समाधान गर्न प्रतिबद्ध रहेको एनसेलकी एनसेल फाउन्डेसन एन्ड स्पेशल प्रोजेक्ट डाइरेक्टर विशाखा लक्ष्मी खड्काले बताइन्। 

‘हामीले केवल सम्पर्क स्थापित गर्ने कनेक्टिभिटी सेवा मात्र उपलब्ध गराइरहेका छैनौँ, हामी मानिसहरुलाई सशक्त बनाइरहेका छौँ। जीएसएमएसँग अपाङ्गता भएका व्यक्तिहरूको डिजिटल समावेशीकरण प्रवर्द्धन गर्ने यी सिद्धान्तमार्फत हामी नेपालको डिजिटल भविष्यमा कोही पनि पछि नपरुन भन्ने सुनिश्चित गर्न महत्वपूर्ण कदम अगाडि बढाइरहेका छौँ। हातेमालो हामीले डिजिटल दुनियामा सफल हुने समावेशी र सशक्त समाज निर्माण गर्ने लक्ष्य राखेका छौँ,’ खड्काले भनिन्। 

यस सहकार्यसँगै एनसेलले विश्वभरका दूरसञ्चारका अग्रणीहरूमाझ आफुलाई सामेल गराउँदै मोबाइल प्रविधिलाई अझ समावेशी बनाउन एकसाथ काम गर्ने भएको छ। जसले अपाङ्गता भएका व्यक्तिहरूलाई सेवामा कनेक्टेड मात्र नबनाई उनीहरुको सशक्तिकरणमा मद्दत प्रदान गर्ने खड्काले बताइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad