ग्लोबल


साउदीबाट आइरहेको विमान दिल्लीमा आपत्‌कालीन अवतरण

साउदीबाट आइरहेको विमान दिल्लीमा आपत्‌कालीन अवतरण

नेपालखबर
बैशाख ८, २०८२ सोमबार २०:४६, काठमाडौँ

साउदी अरेबियाबाट आउँदै गरेको विमान दिल्ली विमानस्थलमा आपत्‌कालीन अवतरण गरिएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार टायरमा समस्या देखिएपछि विमान आपत्‌कालीन अवतरण गर्नुपरेको हो। 

विमानको आपत्‌कालीन अवतरणअघि विमानस्थलमा अलर्ट जारी गरिएको थियो। यो सूचना पाएपछि दमकल, एम्बुलेन्स, सुरक्षाकर्मी आदि घटनास्थलमा पुगेका थिए।

यसपछि विमानलाई रनवेमा सुरक्षित अवतरण गरियो। सबै यात्रु पूर्ण रूपमा सुरक्षित छन्। यो विमान साउदी एयरलाइन्सको हो।

विज्ञहरूले विमानमा भएको गल्तीको अनुसन्धान गरिरहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad