ग्लोबल


चीनले ३४ प्रतिशत जवाफी भन्सार लगाउँदा भारतले ट्रम्पसँग बदला नलिने

चीनले ३४ प्रतिशत जवाफी भन्सार लगाउँदा भारतले ट्रम्पसँग बदला नलिने

नेपालखबर
चैत २४, २०८१ आइतबार १८:४३,

डोनाल्ड ट्रम्पले लगाएको भन्सार महसुलका कारण विश्व अर्थतन्त्रमा तनाव चरम सीमामा पुग्दा विश्वभरका नेताहरू त्यसको जवाफ कसरी दिने भनेर तौलिरहेका छन्। अहिलेसम्म चीन, क्यानडाजस्ता सीमित मुलुकले जवाफी महसुल तोकेका छन्।

केही मुलुक र क्षेत्रहरूले भने जवाफी महसुल झन् घातक हुने ठानेका छन्। ताइवान र इन्डोनेसियाले जवाफी महसुल नलगाउने घोषणा गरेका छन्। 

भारतले पनि ट्रम्पले लगाएको २६ प्रतिशत भन्सारको बदला लिने योजना नबनाएको सरकारी अधिकारीहरूलाई उधृत गर्दै रोयटर्सले जनाएको छ। दुई देशबीच जारी वार्ताका कारण बदला नलिइने भारतीय अधिकारीहरूको भनाइ छ।

एसियाका चीन, भियतनाम र इन्डोनेसियाभन्दा कम कर लगाइएकोले ट्रम्पसँगको वार्तामा आफूहरू अलि राम्रो स्थितिमा रहेको भारतीय अधिकारीहरूको बुझाइ छ।

चीनले भने यसअघि नै बदलास्वरुप अमेरिकी सामानमा ३४ प्रतिशत भन्सार महसुल तोकिसकेको छ।

उता बेलायती अर्थमन्त्री ड्यारेन जोन्सले विश्वव्यापीकरण अन्त्य भएको टिप्पणी गरेका छन्।

बीबीसीमा उनलाई सोधिएको थियो, ‘हामीले जानेबुझेको विश्वव्यापीकरण समाप्त भएको हो?’

जोन्सको जवाफ थियो, ‘हो, यो सिद्धियो। गत कयौँ दशकमा हामीले जान्दै आएको विश्वव्यापीकरण समाप्त भयो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad