राजनीति


जनमत र  नागरिक उन्मुक्ति एकतामा जुट्यो सहमति

जनमत र  नागरिक उन्मुक्ति एकतामा जुट्यो सहमति

नेपालखबर
चैत २४, २०८१ आइतबार १९:३२, काठमाडौँ

जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच एकतापछि हुने पदमा सहमति जुटेको छ। 

आइतार बर्दियाको मधुवनमा बसेको संयुक्त एकता कार्यदलको बैठकले एकतापछिको पार्टीको  नाम र चुनाव चिह्न र पदाधिकारीमा सहमति गरेको हो। 

जनमत पार्टीका उपाध्यक्ष अब्दुल खानले पार्टी एकतापछि पार्टीको संरक्षक रेशम चौधरी, कार्यकारी अध्यक्ष सिके राउत र नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रन्जिता श्रेष्ठलाई तेस्रो वरीयता दिने नेपालखबरलाई बताए।


एकतापछिको पार्टीको नाम नागरिक जनमत पार्टी राख्ने पनि सहमति भएको जनाइएको छ। त्यस्तै चुनाव चिह्न ढकिया रहने र पार्टीको झण्डा कलेजी रङगमा ढकिया रहने सहमति कार्यदलमा भएको छ।  

प्रतिनिधि सभामा जनमत पार्टीका ६ सांसद छन्। यस्तै, नाउपाका ४ जना छन्। 

एकतापछि नयाँ पार्टी १० सिटको हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad