ग्लोबल


अमेरिकाले युक्रेनलाई दिने गरेको सैन्य सहयोग बन्द गर्दै छ: ब्लुमबर्ग

अमेरिकाले युक्रेनलाई दिने गरेको सैन्य सहयोग बन्द गर्दै छ: ब्लुमबर्ग

गत शुक्रबार ह्वाइट हाउसमा जेलेन्स्की र ट्रम्प वादविवाद गर्दाको तस्बिर


नेपालखबर
फागुन २०, २०८१ मंगलबार ७:१८, काठमाडौँ

ह्वाइट हाउसले युक्रेनलाई दिइँदै आएको सैन्य सहयोग रोक्ने घोषणा गरेको छ।

यो खबर पहिलोपटक अमेरिकी मिडिया आउटलेट ब्लुमबर्गले लेखेको हो। 

ब्लुमबर्गको रिपोर्टमा भनिएको छ, ‘युक्रेनका नेताहरूले शान्तिप्रति सद्‌भावपूर्ण प्रतिबद्धता प्रदर्शन नगरेसम्म अमेरिकाले युक्रेनलाई दिँदै आएको सबै सैन्य सहयोग रोक्दै छ।’

यस विषयमा अमेरिकी रक्षा विभाग वा राष्ट्रपति डोनाल्ड ट्रम्पले भने अहिलेसम्म कुनै टिप्पणी गरेका छैनन्।

ब्लुमबर्गले युक्रेन नपुगेका अमेरिकी सैन्य उपकरणहरू रोकिने बताएको छ। यसमा पोल्यान्ड पुगेका सामान पनि पर्छन्। 

गत हप्ता ह्वाइट हाउसमा जेलेन्स्की र ट्रम्पबीच भएको चर्को बहस भएको थियो।

सोमबार मात्रै ट्रम्पले भोलि ठूलाे रात हुने घोषणा गरेका थिए। 

गत शुक्रबार खनिज सम्झौताका लागि भनेर जेलेन्स्की अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्न ह्वाइट हाउस पुगेका थिए।तर त्यहाँ राष्ट्रपति ट्रम्पसँगै उपराष्ट्रपति जेडी भान्ससँग उनको चर्काचर्की पर्‍यो। 

त्यसलगत्तै जेलेन्स्की शनिबार बेलायतको लन्डन पुगेका थिए। जहाँ आइतबार युराेपेली देशका नेताहरूको बैठक भयो।

त्यसपछि जेलेन्स्कीले हालैको घटनापछि युरोपबाट स्पष्ट समर्थन प्राप्त भएको दाबी पनि गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad