ग्लोबल


इरानका सर्वोच्च नेताले भने: मेरो फरक विचार हुँदाहुँदै पनि सम्झौतामा हस्ताक्षर गर्न अनुमति दिएँ

इरानका सर्वोच्च नेताले भने: मेरो फरक विचार हुँदाहुँदै पनि सम्झौतामा हस्ताक्षर गर्न अनुमति दिएँ

इरानका सर्वोच्च नेता मोज्तबा खामेनी


नेपालखबर
असार ५, २०८३ शुक्रबार ७:४५, काठमाडौँ

इरानका सर्वोच्च नेता मोज्तबा खामेनीले अमेरिकासँगको सम्झौतामा आफ्नो फरक विचार रहेको तर पनि हस्ताक्षर गर्न अनुमति दिइएको बताएका छन्।

मोज्तबा खामेनीको वक्तव्य इरानी सञ्चारमाध्यमले बिहीबार साँझ मोज्तबा खामेनीको बयान प्रकाशन गरेका हुन्।

आफ्नो लिखित सन्देशमा खामेनीले भनेका छन्, ‘यस सम्झौताबारे मेरो फरक विचार थियो। तर राष्ट्रपति मसुद पेजेस्कियानले मलाई इरानी जनता र विरोधी शक्तिविरुद्ध उभिनेहरूको अधिकारको रक्षा गर्ने आश्वासन दिए।उनले यसको जिम्मेवारी पनि लिए। त्यसैले मैले (हस्ताक्षरका लागि) अनुमति दिएँ।’

यस्तै उनले हस्ताक्षर गर्नुअघि राष्ट्रपति पेजेस्कियानले आफूलाई अमेरिकी पक्षले अत्यधिक माग गर्‍यो भने स्वीकार नगर्ने आश्वासन दिएको उल्लेख गरेका छन्। 

खामेनीले सन्देशमा अगाडि लेखेका छन्, ‘अब हामी सबै, म र हाम्रो गौरवशाली देश उल्लिखित सर्त पूरा हुने प्रतीक्षामा छौँ।’ 

सन्देशमा खामेनीले इरानका अधिकारीहरूलाई अमेरिकासँग प्रत्यक्ष वार्ताका लागि अधिकार पनि दिइएको बताएका छन्।

इरानका सर्वोच्च नेता खामेनीले सम्झौताबारे पहिलोपटक टिप्पणी गरेका हुन्। 

गत मार्चमा सर्वोच्च नेताको पद ग्रहण गरेदेखि उनी सार्वजनिक रूपमा देखा परेका छैनन्।

उनले आफ्ना भनाइ अरूमार्फत सार्वजनिक गरिरहेका छन्। 

इरानका तत्कालीन सर्वोच्च नेता उनका बुबा अयातोल्लाह अली खामेनी गत फेब्रुअरी २८ मा अमेरिका-इजरायलको आक्रमणमा मारिएपछि उनी सर्वोच्च नेता बनेका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad