ग्लोबल


लन्डन बैठकपछि जेलेन्स्की भन्छन्: युक्रेनलाई सुरक्षा ग्यारेन्टी सिंगै युरोपको माग

‘म अझै पनि अमेरिकासँग खनिज सम्झौता गर्न तयार छु’
लन्डन बैठकपछि जेलेन्स्की भन्छन्:  युक्रेनलाई सुरक्षा ग्यारेन्टी सिंगै युरोपको माग

फाइल तस्बिर: युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की


नेपालखबर
फागुन १९, २०८१ सोमबार १०:२२, काठमाडौँ

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले हालैको घटनापछि आफ्नो मुलुकलाई युरोपबाट स्पष्ट समर्थन प्राप्त भएको दाबी गरेका  छन्।

आइतबार युक्रेनकै विषयमा बेलायतको लन्डनमा भएको युरोपेली मुलुकहरूको बैठकपछि उनले सामाजिक सञ्जालमार्फत आफूलाई युरोपबाट अझ बढी ऐक्यबद्धता र सहयोग गर्ने इच्छाका साथ समर्थन मिलिरहेको बताएका हुन्। 

‘वास्तविक शान्ति प्राप्त गर्ने मुद्दामा सबै एकजुट छन्’, उनले लेखेका छन्, ‘हामीलाई वास्तविक सुरक्षा ग्यारेन्टी चाहिन्छ। यो सिंगै युरोपको माग हो।’

‘स्पष्ट रूपमा हामी संयुक्त राज्य अमेरिकाको महत्त्व बुझ्छौँ र संयुक्त राज्य अमेरिकाबाट प्राप्त सबै सहयोगको लागि हामी आभारी छौँ। हामीले उसप्रति कृतज्ञता व्यक्त नगरेको दिन छैन।’

आइतबार युक्रेन युद्धका सन्दर्भमा लन्डनमा भएको युरोपेली देशका नेताहरूको बैठकमा युक्रेनी राष्ट्रपति जेलेन्स्की पनि सहभागी भएका थिए।

बीबीसीसँग जेलेन्स्कीले भनेका छन्, ‘म अझै पनि अमेरिकासँग खनिज सम्झौता गर्न तयार छु, तर हाम्रो सर्त के हो भने युक्रेनको अवस्था सुनिनुपर्छ।’

जेलेन्स्की खनिज सम्झौताको बदलामा अमेरिकाबाट युक्रेनको सुरक्षा ग्यारेन्टी चाहन्छन्।

गत शुक्रबार खनिज सम्झौताकै लागि भनेर उनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्न ह्वाइट हाउस पुगेका थिए।तर त्यहाँ राष्ट्रपति ट्रम्पसँगै उपराष्ट्रपति जेडी भान्ससँग उनको चर्काचर्की पर्‍यो। 

यसमा धेरै युरोपेली देशले खुलेर युक्रेनलाई समर्थन गरेका थिए। त्यसलगत्तै जेलेन्स्की शनिबार बेलायत पुगेका थिए। जहाँ आइतबार युराेपेली देशका नेताहरूको बैठक भयो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad