ग्लोबल


बंगलादेशमा विद्यार्थीहरूले बनाए नयाँ राजनीतिक पार्टी, शुक्रबार घोषणा गरिने

बंगलादेशमा विद्यार्थीहरूले बनाए नयाँ राजनीतिक पार्टी, शुक्रबार घोषणा गरिने

धेरै पदका लागि धेरै नाम प्रस्ताव भएका छन्, तीमध्ये केही नामलाई मात्र अन्तिम रूप दिइएको छ।


नेपालखबर
फागुन १५, २०८१ बिहिबार १९:५२, काठमाडौँ

शेख हसिनालाई प्रधानमन्त्री पद त्याग्दै देशै छाडेर भाग्नुपर्ने गरी गत जुलाईमा बंगलादेशमा भएको विद्रोहको नेतृत्व गर्ने विद्यार्थीहरूले नयाँ राजनीतिक पार्टी गठन गरेका छन्। 

केही दिनअघि मात्र बंगलादेशको अन्तरिम सरकारको सल्लाहकार पदबाट राजीनामा दिएका नाहिद इस्लामको स‌ंयोजकत्वमा विद्यार्थीहरूले नयाँ दल गठन गरेका हुन्। जसको नाम राष्ट्रिय नागरिक पार्टी राखिएको छ।

पार्टीको संयोजक नाहिद इस्लामलाई बनाइएको छ भने अख्तर हुसेनलाई सदस्य सचिव चयन गरिएको छ।

बैठकमा उपस्थित धेरै स्रोतले बीबीसी बंगलालाई बताएअनुसार बिहीबार यस विषयमा विद्यार्थीहरूबीच करिब तीन घण्टा बैठक भएको थियो।

बैठकले नसिरुद्दिन पटवारीलाई प्रमुख आयोजक बनाइएको छ भने हसनत अब्दुल्लाहलाई नयाँ पार्टीको दक्षिण क्षेत्रको प्रमुख संयोजक बनाइएको छ।

यसैबीच, सरजिस आलम उत्तरी क्षेत्रको प्रमुख आयोजक रहनेछन्।

यद्यपि, सहसदस्य सचिव र सहसंयोजक पदका लागि धेरै नाम प्रस्ताव गरिएको थियो, तर कसैको पनि नाम टुंगो लागेको छैन।

पूर्वनिर्धारित कार्यतालिकाअनुसार यो नयाँ राजनीतिक दलको घोषणा शुक्रबार हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad