सिरियाको विद्रोही समूह राजधानी दमास्कस प्रवेश गरिसकेको छ।
विद्रोही समूह हयात तहरिर अल-शाम (एचटीएएस) ले राष्ट्रपति बसर अल-असद देश छाडेर भागेको दाबी गरेको छ।
एचटीएएसले आफ्नो टेलिग्राम च्यानलमा एउटा कालो अध्याय समाप्त भएको र नयाँ युग सुरुवात भएको लेखेको छ।
यसअघि समाचार एजेन्सी रोयटर्सले पनि दुई वरिष्ठ सिरियाली अधिकारीलाई उद्धृत गर्दै राष्ट्रपति बसर अल-असदले दमास्कस छाडेको बताएको थियो। तर उनी कहाँ गए भन्ने स्पष्ट भइसकेको छैन।
72
Shares

प्रतिक्रिया