कारोबार


समृद्धिको मुनाफा बढ्यो

नयाँ नेतृत्व चयनका लागि ३ सदस्यीय निर्वाचन समिति गठन
समृद्धिको मुनाफा बढ्यो

नेपालखबर
मंसिर २३, २०८१ आइतबार १०:२०, काठमाडौँ

सर्लाहीको हरिवनमा रहेको समृद्धि बचत तथा ऋण सहकारी संस्थाको मुनाफा वृद्धि भएको छ। 

शनिबार सम्पन्न संस्थाको १७ औँ वार्षिक साधारण सभामा संस्थाको व्यवस्थापन पक्षले समृद्धिको मुनाफा वृद्धि भएको जानकारी दिएको हो। 

आर्थिक वर्ष २०८०/८१ मा संस्थाले कुल २२ करोड ३० लाख २० हजार ९७१ रुपैयाँ कारोबार गरेर ९५ लाख १३ हजार ८३८ रुपैयाँ खुद मुनाफा गरेको संस्थाका अध्यक्ष अर्जुन पन्तले जानकारी दिए। पन्तका अनुसार यो अघिल्लो आर्थिक वर्षको भन्दा १७ लाख ४७ हजार तीनसय २१ रुपैयाँ बढी हो।

समृद्धिले यस वर्ष शेयर सदस्यलाई १५ प्रतिशत बोनस वितरण गरेको छ। 

संस्थाको उद्घाटन सत्र हरिवन नगरपालिकाका मेयर कमल बुढाथोकीको प्रमुख आतिथ्यतामा भएको थियो। साधारण सभाले संस्थाको चालु आर्थिक वर्ष २०८१/८२ को कार्ययोजना तथा वार्षिक अनुमानित आयव्ययसहित लेखा परीक्षण प्रतिवेदन पारित गरेको छ। 

कार्यक्रममा हरिवन नगरपालिकाकी उपप्रमुख हरिमाया घलान, इलाका प्रशासन कार्यालय हरिवनका प्रमुख राजकुमार थापा, जिल्ला बचत तथा ऋण सहकारी संघ सर्लाहीका अध्यक्ष मन्दिरा आचार्य लगायतले मन्तव्य व्यक्त गरेका थिए।  

साधारण सभाको बन्द सत्रले नयाँ नेतृत्व चयनका लागि संस्थाका पूर्वअध्यक्ष इन्द्र पाठकको नेतृत्वमा निर्वाचन समिति गठन गरेको छ। साधारणसभाले नयाँ नेतृत्व चयनको लागि सहजीकरणको जिम्मेवारी हरिवन नगरपालिकाका मेयर कमल बुढाथोकीलाई दिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad