ग्लोबल


इरानको इसारामा एक अफगान नागरिकले ट्रम्पको हत्या योजना बनाएको अभियोग

इरानको इसारामा एक अफगान नागरिकले ट्रम्पको हत्या योजना बनाएको अभियोग

फाइल तस्बिर: डोनाल्ड ट्रम्प


नेपालखबर
कात्तिक २४, २०८१ शनिबार ९:५, काठमाडौँ

डोनाल्ड ट्रम्पले राष्ट्रपतिको पदभार सम्हाल्नुअघि उनको हत्याको षड्यन्त्र गरेको भन्दै अमेरिकी सरकारले एक व्यक्तिविरुद्ध आरोपपत्र जारी गरेको छ।

अमेरिकी सरकारका अनुसार, ‘ट्रम्पको हत्याको षडयन्त्र इरानमा रचिएको थियो र यस मामिलामा एक अफगान नागरिकविरुद्ध अभियोग लगाइएको छ।’

अमेरिकी न्याय मन्त्रालयले शुक्रबार ५१ वर्षीय फरहाद शकेरीविरुद्ध आरोपपत्र जारी गरेको छ।

जसमा उनलाई ट्रम्पको हत्याका लागि योजना बनाउने जिम्मेवारी सुम्पिइएको आरोप लगाइएको छ।

अमेरिकी सरकारले फरहाद शकेरीलाई अहिलेसम्म पक्राउ नगरेको बताएको छ। शकेरी हाल इरानमा रहेको अनुमान गरिएको छ।

म्यानहट्टन अदालतमा दायर गरिएको निवेदनमा इरानको रिभोलुसनरी गार्ड्सका एक अधिकारीले सेप्टेम्बरमा शकरीलाई ट्रम्पमाथि निगरानी राख्न र उनको हत्या गर्ने योजना बनाउन निर्देशन दिएको आरोप लगाइएको छ। बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad