भारतस्थित महाराष्ट्रको नासिक आर्टिलरी सेन्टरमा फायरिङ अभ्यासका क्रममा विस्फोट हुँदा भारतीय सेनाका दुई अग्निवीरको मृत्यु भएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार यो घटना बिहीबार महाराष्ट्रको नासिक जिल्लाको शिंगवे बाहुला फायरिङ रेन्जमा भएको हो। क्यानन फायरिङ अभ्यासका क्रममा उक्त दुर्घटना भएको हो।
दुर्घटनामा मृत्यु भएको भन्दै देवलाली प्रहरी चौकीमा जाहेरी परेको छ।
मृतक अग्निवीर सैनिकमा २० वर्षीय गोहिल विश्वराज सिंह र २१ वर्षीय सैफत शिट छन्।
समाचार एजेन्सी एएनआईका अनुसार भारतीय सेनाका अधिकारीहरूले दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन कोर्ट अफ इन्क्वायरीको आदेश दिएका छन्।
759
Shares

प्रतिक्रिया