गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले विगत २४ घण्टामा इजरायली आक्रमणमा ६१ जनाको मृत्यु र २३१ जना घाइते भएको बताएको छ।
आफ्नो नियमित अपडेटमा हमासले गत वर्षको अक्टोबर ७ देखि अहिलेसम्म इजरायलको हमलाबाट गाजामा ४२ हजार १२६ प्यालेस्टाइनीको मृत्यु र ९८ हजार ११७ प्यालेस्टाइनी घाइते भएको बताएको छ।
गत वर्ष अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गरी १२ सय इजरायलीको हत्या गरेको थियो भने २५१ जनालाई बन्धक बनाएको थियो।
त्यसयता इजरायलले गाजामा निरन्तर हमला गरिरहेको हो। इजरायलले यस द्वन्द्वको गुरुत्वाकर्षणको केन्द्र अब लेबनानमा सरेको बताएको छ। जहाँ उसका सेना हिजबुल्लाहसँग पनि लडिरहेका छन्। इजरायली सेना गाजामा हमाससँग पनि लडिरहेको छ।
39
Shares

प्रतिक्रिया