ad ad

ग्लोबल


कमला ह्यारिस भारतीय हुन् कि अश्वेत? ट्रम्पले उठाए पहिचान र योग्यतामा प्रश्न

कमला ह्यारिस भारतीय हुन् कि अश्वेत? ट्रम्पले उठाए पहिचान र योग्यतामा प्रश्न

नेपालखबर
साउन १७, २०८१ बिहिबार १६:५८,

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले उपराष्ट्रपति तथा आउँदो चुनावमा राष्ट्रपतिकी उम्मेदवार कमला ह्यारिसको जातीय पहिचानमा प्रश्न उठाएका छन्।

‘उनी अश्वेत (ब्ल्याक) हुन् भन्ने कुरा मलाई केही वर्षअघिसम्म थाहा थिएन। त्यसपछि उनी अश्वेत बन्न थालिन् र अब अश्वेतका रूपमा चिनिन चाहिन्छन्,’ अश्वेत पत्रकारहरूको सम्मेलनमा उनले बुधबार भने।

‘त्यसैले मलाई थाहा छैन, उनी भारतीय हुन् कि अश्वेत?’ उनले थपे, ‘म दुवै (जात)लाई सम्मान गर्छु। तर, निश्चय नै उनी गर्दिनन्। किनकि यत्तिका समय उनी भारतीय थिइन्, अब अचानक अश्वेत बनिन्।’

यसप्रति प्रतिक्रिया दिँदै ह्यारिसले ट्रम्पले विभाजन र अपमानको प्रयास गरेको बताइन्। 

ह्यारिस प्रथम अश्वेत र एसियाली–अमेरिकी उपराष्ट्रपति हुन्। उनकी आमा भारतीय र बुवा जमैकन मूलका हुन्। 

ट्रम्पको यस्तो टिप्पणीको चर्को आलोचना भएको छ। उनले अर्को व्यक्तिको पहिचान तोक्न खोजेको भन्दै विरोध भएको छ।

ट्रम्पले ह्यारिसको शैक्षिक योग्यतामा पनि प्रश्न उठाएका छन्। 

‘म तपाईंहरूलाई तथ्य मात्र भन्दैछु। उनले बारको परीक्षा पास गरिनन्। कहिल्यै पास गर्छुजस्तो पनि उनलाई लागेको थिएन। त्यसपछि के भयो मलाई थाहा छैन । सायद उनले पास गरिन्,’ ट्रम्पले भने।

ह्यारिसले युनिभर्सिटी अफ क्यालिफोर्निया ह्यस्टिङ्स कलेज अफ लबाट १९८९ मा स्नातक गरेकी थिइन्। बारको परीक्षामा पहिलोपटक उनी फेल भएकी थिइन्। दोस्रो प्रयासमा उनी पास भएकी थिइन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .