नेकपा एमालेले बिहीबार कर्णालीसहित विभिन्न प्रदेशका इन्चार्जहरूको जिम्मेवारी हेरफेर गरेको छ। कर्णालीको इन्चार्ज रहेका लेखराज भट्टलाई हटाएर हुम्लाका गोरखबहादुर बोगटीलाई जिम्मेवारी दिइएको छ।
भट्टको ठाउँमा बोगटीलाई जिम्मेवारी दिइएको हो। भट्ट भने सुदूरपश्चिम प्रदेशको इन्चार्ज तोकिएका छन्।
बोगटी पार्टीका स्थायी कमिटी सदस्य हुन् भने यसअघि नेकपा एमाले दैलेख जिल्ला इन्चार्ज थिए।
एमालेभित्र कर्णालीमा अध्ययनशील र वौद्धिक नेताका रुपमा उनको परिचय स्थापित छ।
यस्तै, कालीकोटका प्रेमबहादुर सिंह एमालेको एमाले सल्लाहकार परिषद् सदस्यमा मनोनीत भएका छन्।
यसअघि केन्द्रीय सदस्य रहेका सिंह एमाले कर्णाली प्रदेश कमिटीको पहिलो अधिवेशनमा अध्यक्षको उम्मेदवार बनेपछि पद गुमेको थियो।
उनी गत चैत ८ गते १५ वर्षपछि आफ्नो नेतृत्वको सानो पार्टीसहित नेकपा एमालेमा फर्किएका थिए।
Shares
प्रतिक्रिया