ad ad

ग्लोबल


हिंसामा गुज्रिरहेको मणिपुर राज्यलाई मोदीले दिए बधाई

हिंसामा गुज्रिरहेको मणिपुर राज्यलाई मोदीले दिए बधाई

फाइल तस्बिर


नेपालखबर
माघ ७, २०८० आइतबार १३:१८, काठमाडौँ

हिंसा प्रभावित मणिपुरको स्थापना दिवसका अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिएका छन्। 

मोदीले विगत आठ महिनादेखि हिंसाबाट प्रभावित भएर सयौँले ज्यान गुमाइसकेको मणिपुरको स्थापना दिवसका अवसरमा आइतबार बधाई दिएका हुन्। 

उनले मेघालयको स्थापना दिवसको पनि शुभकामना दिएका छन्। 

सामाजिक सञ्जाल एक्सको ह्यान्डलमा ट्विट गर्दै उनले भारतको प्रगतिमा मणिपुरको अहम् योगदान रहेको बताएका छन्। 

‘मणिपुरको स्थापना दिवसमा राज्यका तमाम बासिन्दालाई बधाई अनि शुभकामना! मणिपुरले भारतको प्रगतिमा अहम योगदान दिएको छ', उनले भनेका छन्या। 

उनले मणिपुरको संस्कृति र परम्परामाथि आफूहरूलाई गर्व रहेको बताए। 'हामीलाई राज्यको संस्कृति र परम्परामा गर्व छ।मणिपुरको निरन्तर विकासका लागि प्रार्थना गर्छु’, उनले भनेका छन्।

विपक्षी दलका नेताहरूले प्रधानमन्त्री नरेन्द्र मोदीले मणिपुरको हिंसालाई लिएर मौनता साँधेको भन्दै आलोचना गरिरहेका छन्। गत मेयता हिंसा मच्चिरहँदा मोदी एक पटक पनि मणिपुर नगएको भन्दै विपक्षीहरूले आक्रमण गरिरहेका छन्। 

यस्तोमा मणिपुरबारे प्रधानमन्त्रीको ट्वीटलाई लिए विपक्षीहरूको धारणा आउन बाँकी छ।

प्रधानमन्त्री मोदीले मेघालयलाई पनि राज्य स्थापना दिवसको शुभकामना दिएका छन्। 

‘मेघालयका जनतालाई राज्य स्थापना दिवसको शुभकामना! आज मेघालयको अविश्वसनीय संस्कृति र उहाँका जनताको उपलब्धिको उत्सव मनाउने अवसर हो। आउने समयमा मेघालयले प्रगतिको नयाँ उचाइ छुनेछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .