ad ad

खेल


यू-१९ विश्वकपमा नेपालले न्युजिल्यान्डविरुद्ध पहिले फिल्डिङ गर्ने

यू-१९ विश्वकपमा नेपालले न्युजिल्यान्डविरुद्ध पहिले फिल्डिङ गर्ने

फाइल तस्बिर


नेपालखबर
माघ ७, २०८० आइतबार १३:२७, काठमाडौँ

दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकपमा नेपालले न्युजिल्यान्डविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ। 

इस्ट लन्डनको बफेलो पार्कमा न्युजिल्यान्डले टस जितेर ब्याटिङ रोजेपछि नेपालले पहिलो फिल्डिङ गर्ने भएको हो। 

यी दुई टोली यू–१९ विश्वकपमा तेस्रोपटक भेट हुन लागेका हुन्।

नेपालले यसअघि न्युजिल्यान्डलाई दुईपटक हराइसकेको छ।

नेपाल र न्युजिल्यान्ड अन्तिमपटक सन् २०१६ मा भिडेका थिए। बंगलादेशको फतुल्लाहमा भएको प्रतिस्पर्धामा नेपालले न्युजिल्यान्डलाई ३२ रनले हराएको थियो।

नेपालले दिएको २ सय ३८ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्ड ४७.१ ओभरमा २ सय ६ रन बनाउँदा अलआउट भयो। 

यसअघि यू-१९ विश्वकपमै यी दुई टोलीबीचको पहिलो भेट सन् २००६ मा भएको थियो। त्यस वर्ष फेब्रुअरीमा कोलोम्बोमा भएको खेलमा नेपालले न्युजिल्यान्डलाई १ विकेटले हराएको थियो।

न्युजिल्यान्डले दिएको २०५ रनको लक्ष्य नेपालले २ बलअगावै भेट्टाएको थियो। 

नेपालले सन् २०१६ पछि पहिलोपटक विश्वकप खेल्न लागेको हो। 

नेपालले ८ वर्षपछि आठौँपटक विश्वकप खेल्न लागेको हो।

नेपालको सुरुआती ११ः
अर्जुन कुमाल, दिपक बोहोरा, दीपक बोहोरा आकाश त्रिपाठी, देव खनाल (कप्तान), उत्तम रंगु थापा मगर, गुलशन झा, दिपेश प्रसाद कंडेल, सुबाश भण्डारी, आकाश चन्द, तिलक राज भण्डारी।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .