ad ad

ग्लोबल


इजरायलविरुद्ध अमेरिकाको अहिलेसम्मकै कडा आलोचना, के भने बाइडेनले?

इजरायलविरुद्ध अमेरिकाको अहिलेसम्मकै कडा आलोचना, के भने बाइडेनले?

नेपालखबर
मंसिर २७, २०८० बुधबार १०:४४, काठमाडौँ

अमेरिकाका राष्ट्रपति जो बाइडेनले गाजामा अन्धाधुन्ध बमबारी गरेर इजरायलले विश्वव्यापी समर्थन गुमाइरहेको टिप्पणी गरेका छन्। 

मंगलबार कोष संकलन कार्यक्रम बाइडेनले दिएको उक्त अभिव्यक्ति इजरायलविरुद्ध अमेरिकाको अहिलेसम्मकै कडा टिप्पणीका रूपमा हेरिएको छ।

गत अक्टोबर ७ मा इजरायलमा हमासले गरेको आक्रमणपछि अमेरिकाले इजरायललाई खुलेर समर्थन गरिरहेको छ। 

तर बाइडेनले अमेरिका सधैँ इजरायलका पक्षमा रहेको दोहोर्‍याए पनि यसो भने, ‘इजरायलको साथमा अमेरिका छ, अहिले अमेरिकाका साथै अरू पनि अमेरिकाका साथमा छन्, उसको साथमा युरोपियन युनियन छ, युरोप छ, विश्वका अधिकांश हिस्सा उसकै पक्षमा छ तर अन्धाधुन्द बमबारी गरेर उसले त्यो समर्थन गुमाइरहेको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .